© 2022 सर्वाधिकार सुरक्षित onlinesandes.com
रुकुमपुर्व । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा रिक्त उपाध्यक्ष पदको चुनावी प्रतिस्पर्धा गर्न नेकपा माओवादी केन्द्रको तर्फबाट ज्ञानदेवी पुन सिफारिस हुनुभएको छ । मंसिर १६ मा हुने उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट पुन सिफारिस हुनुभएको हो। नेकपा (माओवादी केन्द्र) पुथा उत्तरगङ्गा गाउँपालिका कमिटीको २ दिन सम्म चलेको विस्तारित बैठकले पुनलाई सर्वसम्मत सिफारिस
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक भोलि बस्ने भएको छ । रास्वपाले जनाए अनुसार केन्द्रीय समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा कात्तिक २४ गते शनिबार (भोलि) बिहान साढे ११ बजे बस्न लागेको हो । (भोलि) हुने बैठकमा आउँदो मंसिर १६ गते हुने स्थानीय तहको उपचुनावमा पार्टीको सहभागिता,पछिल्लो
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कार्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ । सरकारका गलत कमदको बिरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा कार्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी कार्यालय पेरिसडाँडामा
तुलसीपुर । दाङको तुलसीपुरमा सर्प महोत्सव हुने भएको छ । आयोजक संस्था 'हामी संरक्षणका लागी काम गर्छौं 'का अनुसार मानव र सर्प बीचको द्धन्द्ध न्यूनिकरण गर्ने र वातावरण सन्तुलन कायम राख्नका लागि सर्पको संरक्षण गर्ने सर्प महोत्सव-२०८१ को उद्देश्य रहेको छ। संस्थाले आज तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर सर्प महोत्सव
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ मा रहेको पशुपति मावि हरीपौरीले अबदेखि गरीब तथा द्वन्दपीडित विद्यार्थी संग कुनै शूल्क नलिने भएको छ । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिकारीका अनुसार गरीब, जेहेन्दार,द्वन्दपीडित,पिछडिएको बर्ग एवं वडा कार्यालयको सिफारिशबाट आउने अन्य विद्यार्थीहरुलाई अबदेखि कुनै पनि शूल्क नलिने विद्यालय ब्यबस्थापन समितिले निर्णय
काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको गृहमन्त्रालयले जनाएको छ । ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी जम्मा २३६ जनाको मृत्यु गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जनाउनु भएको छ। यसैगरी हालसम्म घाइते हुनेहरूको संख्या १६५ पुगेको छ भने अझै १९ जना ब्यपत्ता भएका
दाङ । नेपालीहरुको महान पर्ब बडादसैँ आजबाट सुरु भएको छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरि सुरु गर्ने चलन रहेको छ । दसैँघर तथा पूजाकोठामा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ आजदेखि सुरु भएको छ । आज बिहानै
काठमाडौं । बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या २१८ पुगेको छ । यस्तै विपद्मा परेर २७ जना अझै ब्यपत्ता भएको आज बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले जानकारी दिनुभयो । विपद्मा परी हालसम्म १४३ जना घाइते भएको जानकारी दिदै गृहमन्त्री रमेश लेखकले सबै घाइतेको सरकारले
तुलसीपुर । दाङको तुलसीपुरमा विद्युत मर्मत गर्ने भएकाले एक हप्ता विद्युत सेवा अबरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख शिव नारायण गोशालीका अनुसार (आजदेखि) १४ असोज देखि २० गतेसम्म बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ। नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्र तुलसीपुरको
काठमाडौं । आजबाट मौसममा क्रमिक सुधार हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। (आइतबार) आज बिहान ८:२४ बजे सूचना जारी गर्दै महाशाखाले आगामी मंगलबारसम्म ठूलो वर्षाको सम्भावना कम रहेको जनाएको छ। तर अझै पनि वर्षा जारी नै रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ। महाशाखाले जारी गरेको
काठमाडौं ।तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर शनिबार राति ८ः३० बजेसम्म मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ। यसअघि साँझ ५ बजेसम्म देशभर ६६ जनाको मृत्यु भएकोमा पछिल्ला विवरण अनुसार मृत्यु हुनेको सङ्ख्या ८७ पुगेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता एवं सशस्त्र
तुलसीपुर।नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर शाखाले आज आफ्नो पहिलो वार्षिक साधारण सभा सम्पन्न गरेको छ। साधारणसभाको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग वाणिज्य तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले गर्नुभएको थियो।साधारणसभालाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले कृषि र पर्यटन पनि एउटा उद्योग भएकाले यसलाई पनि उद्योगसँग जोडेर अघि बढ्नुपर्नेमा जोड दिन
तुलसीपुर । नेकपा (एमाले) तुलसीपुर उपमहानगर कमिटीको अध्यक्षमा रुप बहादुर खत्री चयन हुनुभएको छ। आइतबार तुलसीपुरमा भएको अधिवेशमा खत्री सर्वसम्मत नगर अध्यक्षमा निर्वाचित हुनुभएको हो। यस्तै नगर कमिटीकाे उपाध्यक्षमा लक्ष्मण चौधरी, सचिवमा जित बहादुर खड्का, उपसचिवमा मानबहादुर केसी र रेवती बिक चयन हुनुभएको छ । निर्वाचन समितिका संयोजक विवेक श्रेष्ठका
घोराही । नेकपा (एमाले) घोराही उपमहानगर कमिटीको अध्यक्षमा तारा पुरी चयन हुनुभएको छ। शनिवार घोराहीमा भएको अधिवेशमा पुरी सर्वसम्मत नगर अध्यक्षमा निर्वाचित हुनुभएको हो। यस्तै कमिटीको उपाध्यक्षमा बुद्धिराम बुढा, सचिवमा अशोक कुमार चौधरी र उपसचिवमा रेखा वली र सुदिप सुनार सर्वसम्मतले चयन भएको एमाले दाङका अध्यक्ष शिबकुमार आचार्यले जानकारी दिनुभयो।
तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिका-५, स्थित मुख्य कार्यालय रहेको सहयोगी वचत तथा ऋण सहकारी संस्था लि.ले आज आफ्नो १४ औं वार्षिक साधारण आज सम्पन्न गरेको छ । साधारणसभाको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले गर्नुभएको थियो । सो अवसरमा बोल्दै नगर प्रमुख खड्काले सहकारीलाई सेयर सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा सक्रिय
तुलसीपुर ।दाङ तुलसीपुर उपमहानगरपालिका-५, स्थित मुख्य कार्यालय रहेको सहयोगी वचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १४ औं वार्षिक साधारण आज गर्ने भएको छ । तुलसीपुर अरनिको मैदान नजिक रहेको समिक्षालय हलमा बिहान ११ बजे साधाणसभा हुने संस्थाका सचिब दुर्गा प्रसाद शर्माले जानकारी दिनुभयो ।शर्माका अनुसार साधारण सभामा १६ वटा
दाङ । ब्याकवार्ड सोसाइटी एजुकेशन बेशको सहकार्य,आइडि नेपाल र हेलन किलरको प्राविधिक सहयोग तथा दंगीशरण गाउँपाकिकाको समन्वयमा पोषण मार्फत जिबन रुपान्तरण परीयोजना अन्तर्गत पालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिती तथा सरोकारवालासङ्ग बैठक तथा छलफल कार्यक्रम दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । आइडि नेपाल र हेलन किलरको प्राविधिक सहयोग
तुलसीपुर। दाङ तुलसीपुर उपमहानगरपालिका-५, स्थित सहयोगी वचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा तिज मिलन कार्यक्रम तथा सदस्य स्वागत कार्यक्रम शनिबार सम्पन्न भएको छ । संस्थाका सदस्य तथा महिला उपसमितिको संयोजक कमला अधिकारीको अध्यक्षता तथा संस्थाका अध्यक्ष डिलाराम बिष्ट को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । तिज मिलन कार्यक्रमको उपलक्ष्यमा
काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारीका लागि भएको निर्वाचनको अन्तिम परिणाम आएको छ ।महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित हुनुभएको छ ।उहाँको प्रतिस्पर्धी रामकुमारी झाँक्री पराजित हुनुभएको छ। यस्तै, मधेशी उपाध्यक्षमा धर्मनाथ साह निर्वाचित हुनुभएकोछ ।उहाँका प्रतिस्पर्धी रामचन्द्र झा पराजित हुनुभएको छ । यस्तै, खुलातर्फ उपाध्यक्षमा डा. गंगालाल तुलाधर, भानुभक्त जोशी,
तुलसीपुर । दाङको तुलसीपुरमा कुवा सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ। बुधबार बिहान करिब १० बजे तुलसीपुर उपमहानगरपालिका -१३, दमागाउँ बस्ने दुर्गा विकको कुवा सफा गर्न भनी कुवा भित्र गएको तर दुवै जना निस्कन नसक्दा निसासिएर गम्भीर घाइते भएको थियो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले
तुलसीपुर । तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । चेम्बरका नव निर्वाचित अध्यक्ष ऋषि राज भण्डारीले आफ्नो जन्मदिनको अबसर र औपचारिक रुपमा अध्यक्षको कार्यबहार सम्हालेको अबसरमा संस्थाको तर्फबाट केहि रचनात्मक कार्य गर्ने आफ्नो योजना अनुरुप रक्तदान कार्यक्रम आयोजना गरेको बताउनुभयो । तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष
दाङ । चना घाँटीमा अड्किएर दाङमा एक बालकको मृत्यु भएको छ। बुधबार साँझ ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ९ बेलुवा बस्ने रूपा घर्तीका तीनवर्षीय छोरा राजेन्द्र घर्तीको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार विद्यालयबाट घर आई घरमै पकाएको चना खाँदै गर्दा घाँटीमा अड्किएर राजेन्द्र घर्तीको
तुलसीपुर । दाङको तुलसीपुरमा खोला तर्ने क्रममा बगाएको युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । तुलसीपुर–१४ मटेरास्थित बबई नदि तर्ने क्रममा बुधबार आज बिहान अन्दाजी ८ बजेको समयमा सोही ठाउँकी अन्दाजी वर्ष १९ कि सम्झना चौधरीलाई आफन्तीको घरमा जाने क्रममा आज बिहान खोलाले बगाएको थियो । उनको खोजी गर्ने
काठमाडौं । विज्ञान तथा प्रविधि मन्त्रालयले (एसईई मा दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीलाई समेत मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले धेरै विद्यार्थी अध्ययनबाट वञ्चित हुने भन्दै मौका परीक्षामा सहभागी हुन दिने निर्णय गरेको जानकारी दिनुभयो । शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै एसइइ
तुलसीपुर । दाङको तुलसीपुरमा कार दुर्घटना भएको छ। कार दुर्घटनामा परि पाँचजना घाइते भएका छन्। शुक्रबार बेलुका ७ बजेर ५० मिनेटमा तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित राजापुरबाट तुलसीपुरतर्फ गइरहेको बा १६ च १९५५ नम्बरको कार दुर्घटना भएको हो। कार अनियन्त्रित भई आफै दुर्घटना हुँदा कारमा सवार पाँचजना घाइते भएका
सल्यान । दार्मा गाउँपालिका काे पन्ध्रौं गाउँ सभा ले आर्थिक वर्ष २०८१।०८२ को नीति, कार्यक्रम र बजेट तथा पास गरेकाे छ । दार्मा गाउपलिका काे गत शुक्रवार सुरु भएकाे पन्ध्रौं गाउँसभा काे पहिला बैठक मा गाउँपालिकाकाे अध्यक्ष निम वहदुर केसि नीति तथा कार्यक्रम पेश गरेका हुन् भने सभाकाे तेस्राे बैठक
दाङ। दाङकाे तुलसीपुरमा स्कुल बसले ठक्कर दिदा दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार तुलसीपुर उपमहानगरपालिका -५ स्थित सुनिल स्टेशनरी चाेक नजिकै हाम्राे पहुँच सेकेण्डरी बाेर्डिङ स्कुलकाे बस ना.अ.प.ब. ४९३ नम्बरकाे स्कुल बसले विद्यार्थी लिन जाने क्रममा तुलसीपुर उपमहानगरपालिका -३ दमारगाउँबाट आउँदै
दाङ। दाङ बबई गाउँपालिका स्थित पर्यटकीय क्षेत्र पुरन्धारा झरनाकालागि १५ लाख बजेट बिनियोजन भएको छ । लुम्बिनी प्रदेश सरकारले पूर्वाधार निर्माणकालागि भनेर सोही ठाउँमा उक्त बजेन बिनियोजन भएको हो । प्रदेशसभा सदस्य तथा निवर्तमान अर्थमन्त्री धनबहादुर मास्कीको पहलमा सोही ठाउँमा उक्त बजेट परेको हो । यस अघि मास्कीले अर्थमन्त्री हुँदा
काठमाडौँ । प्रतिनिधि सभा सदस्य नारायणी शर्माले नेपाली किसानले उत्पादन गरेको महको मूल्य निर्धारण गर्न सरकारसंग आग्रह गर्नुभएको छ । मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै आयातित महका कारण नेपाली महले खास मूल्य नपाएको भन्दै उहाँले आयातित महमा रोक लगाउँदै सरकारले नेपाली महको छिटो मूल्य निर्धारण गर्नुपर्ने बताउनु भएको
दाङ । दाङ विद्युतीय ब्यवसायी संघको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर -१० ,अम्रइ दाङमा भएको संघको वार्षिक साधारण सभाको उद्घाटन नेपाल विद्युतीय ब्यवसायी महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाले गर्नुभएको थियो । सभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष देवकोटाले विद्युतीय सामाग्री उत्पादन गर्ने उद्योगी र त्यससंग
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले चौथो पटक मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मुख्यमन्त्री महराले आज सोमबार माओवादी केन्द्रबाट प्रत्येक्ष निर्वाचित सांसद एवं प्रदेशमै निर्वाचित एक मात्र महिला सांसद कृष्णा केसीलाई उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा नियुक्त गर्नुभएको हो। नवनियुक्त मन्त्री केसीलाई सोमबार नै प्रदेश प्रमुख अमिक शेरचनले पद
दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेको छ । आज सोमबार प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । प्रदेशका १२ जिल्लालाई समेटेर कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन र पूर्वाधार विकासमा केही नयाँ कार्यक्रम राखिएको
दाङ । प्रेस सेन्टर नेपाल, दाङले पत्रकार महासंघ जिल्लामा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने निर्णय गरेकाे छ । संगठनका जिल्ला अध्यक्ष पाण्डव शर्माकाे अध्यक्षता एवम् नेकपा (माओवादी), केन्द्र दाङका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यकाे प्रमुख आतिथ्यतामा शोमबार घाेराहीमा बसेकाे बैठकले सर्वसम्मत नेतृत्व चयनका लागि सबै सञ्चार
काठमाडौँ।कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्नुभएको छ। कान्तिपुरको प्रधान कार्यालय थापाथलिबाट मंगलबार साँझ सिरोहिया पक्राउ पर्नुभएको हो। सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत धनुषाले उहाँको नाममा पक्राउ पुर्जी जारी गरेकोले उहाँलाई पक्राउ गरेको प्रहरीको भनाइ छ। सिरोहियाविरुद्ध धनुषा जिल्ला प्रहरी कार्यालयमा नागरिकता सम्बन्धी कसुरमा वैशाख तेस्रो साता निवेदन परेको थियो।
गढवा। दाङको गढवा गाउँपालिकाका ५५ जना किसानलाई कृषि सामाग्री वितरण गरिएको छ । व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका ५५ जना किसानहरूले ९ लाख बराबरको कृषि सामाग्री पाएका हुन्। कृषकहरुलाई लाखौ मुल्य बराबरको सिचाई उपहार कोष सामाग्री वितरण कार्यक्रम मंगलवार गढवामा सम्पन्न भएको हो । गढवा सामाजिक उद्यमी महिला सहकारी
गढवा । गढवा गाउँपालिका शिक्षा शाखाको आयोजनामा आधारभूत विद्यालय तथा माध्यमिक विद्यालयका IT स्रोत शिक्षकका लागि सूचना प्रविधि सम्बन्धी ५ दिने क्षमता विकास तालिम आइतबार देखि गढवामा सुरु भएको छ । ५ दिने क्षमता विकास तालिमको उद्घाटन गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले अबको युग प्रविधिको युग भएकोले शिक्षालाई
सल्यान । शारदा नगरपालिका -२,सल्यान खलंगामा बन्न लागेको खानेपानी ट्याङ्कीको नगर प्रमुख प्रकाश भण्डारीले शिलान्यास गर्नुभएको छ। खलंगा शितलपाटी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले निर्माण गर्न लागेको ट्याङ्की ५० हजार लिटर क्षमताको रहेको छ । उक्त शिलान्यास कार्यक्रममा संस्थाका अध्यक्ष केशब बुढाथोकी लगायत संस्थाका पदाधिकारी लगायत स्थानीयहरुको उपस्तिथि रहेको थियो
तुलसीपुर । दाङको तुलसीपुरबाट काठमाण्डौका लागि छुटेको रात्री बस दुर्घटना हुँदा घाइते भएका को पहिचान खुलेको छ। प्रहरीका अनुसार तुलसीपुरबाट काठमाण्डौंका लागी छुटेको वागमती प्रदेश.३–०१–००६ ख ०९७५ नम्बरको बस आज बेलुका ६ बजेको समयमा तुलसीपुर–१८ बेलझुण्डीमा दुर्घटना भएको थियो ।उक्त बस दुर्घटनामा परि घाइते भएका १७ जनाको नाम र ठेगाना
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार योजना ल्याएको छ । उपमहानगरभित्रका विद्यालयका प्रधानाध्यापकसँग शैक्षिक गुणस्तर बढाउन करार सम्झौता गर्ने र शिक्षकले प्रधानाध्यापकसँग करार सम्झौता गर्नुपर्ने योजना ल्याएको उपमहानगर प्रमुख टिकाराम खड्काले जानकारी दिनुभयो । सामुदायिक विद्यालयको स्तर खस्किदै गएपछि शिक्षकलाई जिम्मेवार बनाउन करार सम्झौता गर्न लागिएको हो
तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार एक कार्यक्रमका बीच निर्वाचन समितिका संयोजक प्रविण लम्सालको अध्यक्षता तथा उच्च अदालत तुलसीपुरका मूख्य न्यायधिश नित्यानन्द पाण्डेको प्रमुख आतिथ्यतामा संयोजक लम्सालले नवनिर्वाचित अध्यक्ष विनिल केसीलाई सपथ खुवाउनुभएको थियो । ओ यसैगरी
दाङ । डिल्लीबहादुर वली तुलसीपुरका चर्चित ब्यापारी हुन । तर, उनको परिचय व्यापारीको रुपमा मात्रे सीमित राख्दा उनीमाथि अन्याय हुन्छ । उनी समाजको दुःख, सुखको सारथी पनि हुन् । कहिल्यै बाढी पहिरो आउँदा होस्, वा आगलागी हुँदा नै किन नहोस्, उनी राहात बोकेर दौडिने ब्यक्ती हुन् । हरेक ब्यक्तीलाई आफ्ट्यारो
तुलसीपुर। तुलसीपुर उद्योग बाणिज्य संघमा स्वतन्त्रबाट सचिब पदका उम्मेदवार बनेका चन्दन वलीले ब्यबसायीहरुको आवाज बोल्न युवा आबश्यक पर्ने बताएका छन् । विहीबार तुलसीपुरमा पत्रकार सम्मेलन गरि उनले ब्यबसायी निकै मारमा रहेको भन्दै उनीहरुको समस्या समाधान युवाहरुबाटै हुने उनको भनाई छ । सानै उमेरमा ब्यबसायीमा जोडिएको र अहिलेसम्म ब्यबसायीका सबै पिडा थाहा
दाङ । सरल स्वभावको पर्याय हुन्, तुलसीपुरका व्यबसायी शेसकान्त ढकाल । तुलसीपुर उद्योग बाणिज्य संघको कोषाध्यक्ष पदका उम्मेदवार समेत रहेका ढकालको सरल भएकै कारण सबैले मन पराउछन् । बोली,चाली, वानी, व्यबहारले नै मानिशको व्यक्तिव निर्धारण गर्ने गर्छ । लोभलाग्दो त्यो ब्यक्तीत्वले नै उनी सफल ब्यबसायी हुन्, भन्ने कुरा जो कोहीले
तुलसीपुर उद्योग वाणिज्य संघको यहि शनिबार अर्थात बैशाख २९ गते हुन लागेको निर्वाचनमा ललित जंग शाह नेतृत्वको संयुक्त ब्यवसायिक प्यानलको तर्फबाट उद्योग उपाध्यक्षका उम्मेदवार विश्व बस्नेतसंग गरिएको कुराकानीको सार : १. तपाईंको व्यवसायीक यात्राको अनुभव के छ ? म सानोमा हुँदा खेलकुद र टेक्नोलजीमा बढी रुचि थियो । मेरो अधिकांश समय त्यसमै
तुलसीपुर। सधै ब्यबसायीहरुको सुरक्षा र हकहितमा आवाज उठाउने एउटा नाम हो–किशोर कुमार वली । लामो समयदेखि तुलसीपुरमा व्यबसाय गर्दै आउनु भएका वली ब्यबसायीहरुलाई पर्ने पीडा, हरेक समस्यामा सधै आवाज उठाउने ब्यवसायिका रुपमा धेरैले लिने र रुचाउने ब्यक्तिमा पर्नुहुन्छ। तुलसीपुर ५ को सुर्खेत रोडमा किशोर इलेक्ट्रोनिक सेन्टर सञ्चालन गर्दै आउनु भएका
सल्यान । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) दार्मा गाउँपालिकाको भवन उद्घाटन गर्न सल्यान आउनुहुने भएको छ। हेलिकप्टरमार्फत प्रधानमन्त्री प्रचण्ड सल्यान दार्मामा बिहान १० बजे आउने कार्यक्रम तय गरिएको छ। दार्मा गाउँपालिकाको वडा नं. ३ फारुला चौरमा निर्मित नयाँ प्रशासनिक भवन उद्घाटन गरेसंगै प्रधानमन्त्री प्रचण्डले खुला सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष
दाङ । तुलसीपुर उद्योग वाणिज्य संघको यहि बैशाख २९ गते हुने निर्वाचनमा संस्थापक अध्यक्षको साथ ललितजंग शाहको प्यानललाई रहने भएको छ। आज शोमबार उम्मेदवारी दर्ता गर्ने क्रममा तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्ली बहादुर बस्नेतले आफुहरुको साथ साझा व्यवसायिक प्यानलका उम्मेदवारहरुलाई रहने घोषणा गर्दै जितको अग्रिम शुभकामना दिनुभएको छ।
दाङ।लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर नेतृत्वको प्रतिनिधिमण्डल शनिबार चीनतर्फ प्रस्थान गरेको छ । भ्रमणमा सभामुख तुलाराम घर्ती मगर, उहाँको धर्मपत्नी दिलकुमारी रोका, उप–सभामुख मेनुका खाँड केसी, नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरी र प्रदेशसभा सचिव दुर्लभकुमार पुन रहनुभएको छ। छोङछिङ अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान केन्द्रको सहजीकरणमा आज दिउँसो
दाङ।तुलसीपुरका मेयर टिकाराम खड्काले तुलसीपुरको विकासका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनु भएको छ । मुख्यमन्त्री जोखबहादुर महरालाई आज भेटेर मेयर खड्काले सडक पूर्वाधार,सिचाई,पर्यटन,खेलकुद र जलाशय निर्माणमा बजेट विनियोजन गरिदिन आग्रह गर्नुभएको हो । उहाँले उपमहानगरका १० वटा जलाशय निर्माण,१९ वटा सिचाई आयोजना,६ वटा सडक कालोपत्रे गर्ने बजेट विनियोजन गर्न
दाङ । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका–२ मटेरिया निवासी २० वर्षीया सरिता चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार लमही नगरपालिका–७ वनघुस्रीस्थित राप्ती नदीमा शनिबार दिउँसो गाउँका धेरै जना डुबेर नुहाउन गएको अवस्थामा माइत आएकी सरिता
तुलसीपुर। नेकपा माओवादी केन्द्र तुलसीपुरको अध्यक्षमा मोहन थापा चयन हुनुभएको छ । दाङको तुलसीपुरमा विहीबार सम्पन्न पार्टीको पूर्ण बैठकले थापालाई अध्यक्षमा सर्बसम्मत चयन गरेको हो । थापा यस अघि उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गर्नुभएको थियो । त्यस्तै बैठकले उपाध्यक्षहरुमा तुलाराम भण्डारी, भिम चौधरी र अमर नेपाली‘माइकल’लाई चयन गरेको छ,भने सचिबमा शसिकिरण
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । बिहीबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कँडेललाई सत्तारूढ दलका २३ सांसदले विश्वासको मत दिनुभएको थियो। ४० जना सांसदमध्ये मतदानमा ३५ जना सहभागी मध्ये कँडेलको पक्षमा २३ मत परेको छ भने विपक्षमा १२ मत परेको छ। यस्तै एक
दाङ । नव बर्ष २०८१ को अवसरमा सनिवार दाङ तुलसीपुरमा दाङ विधुतिय ब्यवसाय संघको आयोजनामा शुभकामना आदान प्रदान तथा भित्ये पात्रो बिमोचन कार्यक्रम सम्पन्न भएको छ । सनिवार तुलसीपुरमा दाङ विधुतिय ब्यवसाय संघको आयोजनामा भएको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य एवं तुलसीपुर चेम्बर अफ
तुलसीपुर । नव बर्ष २०८१ को अवसरमा 'सल्यान-दाङ सेवा समाज'को आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सनिवार दाङ तुलसीपुरमा 'सल्यान-दाङ सेवा समाज'ले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले 'सल्यान-दाङ सेवा समाज'को दाङमा छुट्टै महत्त्व रहेको बताउनु भएको
दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ। शुक्रवार ४८ सांसदको समर्थनसहित महरा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।मुख्यमन्त्री पदको शपथ लिएसँगै महराले तीन जना मन्त्री नियुक्त गर्नुभएको हो । नवनियुक्त मुख्यमन्त्री महराको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमालेबाट चेतनारायण आचार्य र
दाङ । सडक स्तरोन्नती हुन थालेपछि दाङ–सल्यान राप्ती राजमार्ग दैनिक ८ घण्टा बन्द हुने भएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडक खण्डको राम्री देखि कपुरकोट सडकखण्डमा ब्याक कटिङको काम हुने भएकोले सोमबारदेखि बैशाख १६ गते सम्म बन्द हुन लागेको हो । दिउँसो १२ बजेदेखि अपराहन्न ४ बजे सम्म र
दाङ । नेकपा (एमाले) सल्यानको अधयक्षमा भिमबहादुर सेन विजयी हुनुभएको छ । प्रतिस्पर्धी कुलबहादुर गिरीलाई ४३ मतले पछि पार्दै सेन अध्यक्षमा निर्वाचित हुनुभएको हो। पदाधिकारीमा सेनको प्यानल नै निर्वाचित भएको छ । उपाध्यक्षमा १९३ मतका साथ ओज बहादुर बुढाथोकी विजयी हुनु भएको छ। उहाँका प्रतिस्पर्धी दानबहादुर केसीले १ सय २७
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिनुभएको छ । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले मुख्यमन्त्री पदबाट राजनीनामा दिनुभएको हो । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले चैत २३ मा समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो। आफ्नो पक्षमा बहुमत जुटाउन नसक्ने अवस्था
दाङ। दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा युरोलोजी सेवालाई थप प्रभाबकारी बनाउन नयाँ अत्याधुनिक मेसिन जडान गरिएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अनुदानकोरुपमा सहयोगस्वरुप प्रतिष्ठानलाई अहिलेको नयाँ प्रविधिकोरुपमा थुलियम् मेसिन प्रदान गरेको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र प्रदेश स्वास्थ्य सचिब डा. जनार्दन पन्थिले संयुक्तरुपमा प्रतिष्ठानका उपकुलपती डा.
दाङ । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिती दाङमा नयाँ नेतृत्व चयन भएकाे छ । शनिबार दाङकाे तुलसीपुरमा भएकाे संघकाे पहिलाे विशेष अधिवेशनले देउखुरीकाे भालुवाङ निवासी श्रीधर कँडेलकाे अध्यक्षतामा नयाँ कार्य समिती सर्वसम्मत चयन गरेकाे हाे । संगीतकर्मी संघ दाङका निर्वतमान अध्यक्ष दिपक वली हालै संघकाे बुटवलमा सम्पन्न लुम्बिनी प्रदेशको