दाङ । तुल्सिपुर उपमहानगरपालिका मुल आयोजक र वडा न २ को सहकार्यमा भएको उक्त ४५ दिने ब्युटी पार्लर सिप विकास तालिम सम्पन्न भएको छ। उक्त तालीममा झन्डै ३० जना महिलाको सहभागिता रहेको थियो।
आजको ४५ दिने ब्युटी पार्लर सिप विकास तालिम समापनका सभा अध्यक्ष वडा न २ का वडा अध्यक्ष भिम बहादुर योगि रहनु भएको थियोे भने बिशिस्ट अतिथि वडा सदस्य मोहन डाँगी,महिला सदस्य हुमा घर्ती,प्रशिक्षक रमिता केसि को उपस्थिति रहेको थियो।
सहभागी महिला दिदिबहिनीहरुले ४५ दिनको तालिमले पुर्णता नभएको ढुक्क सङ्ग ब्यबसाय सन्चालन गरि आयस्रोत बढाउन जिविकोपार्जन गर्न उद्धमी बन्नको लागि थप वडा बाट अथवा उपमहानगरपालिकाबाट दोस्रो चरणको तालिम उपलब्ध गराई दिन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा प्रशिक्षक रमिता केसि विशिष्ट अतिथि मोहन डाँगी, हुमा घर्ती र सभाध्यक्ष वडा न २ का वडा अध्यक्ष बोल्नुभएको थियो।अध्यक्षले आगामी दिनमा महिला दिदीबहिनीहरूको लागि यस्ता खालका तालिम निरन्तर रहने बताउनुभयो । सिप सम्बन्धि तालिम लिइसकेपछि व्यवसायिक रूपमा सीपलाई प्रयोग गरि महिलाले पनि केही गर्न सक्छन भन्ने उदाहरण बन्न सक्नु पर्नेमा उहाँले जोड दिनुभएको थियो।
आजको यस समापन कार्यक्रममा गरिबी निवारणका लागि लघु उद्यम विकास अन्तर्गत ४५ दिने आधार तालिममा सहभागी हुने सम्पूर्ण महिला दिदीबहिनीहरूलाई प्रमाणपत्रले सम्मान गरी कार्यक्रमलाई समापन गरिएको थियो।उक्त ४५ दिने आधारभूत ब्युटी पार्लर शिप विकास तालिमको सहजीकरण वर्षा थापाले गर्नुभएको थियो।
