दाङ । दाङ विद्युतीय व्यवसायी संघको शनिबार दाङको घोराहीमा पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ।
कार्यसमिति निर्वाचन–२०८३ अन्तर्गत विभिन्न पदका लागि परेको उम्मेदवारीमा सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।निर्वाचन समितिका अनुसार तोकिएको समयभित्र ११ पदका लागि ११ जनाको मात्रै उम्मेदवारी दर्ता भएपछि सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

निर्विरोध निर्वाचित हुनेहरूमा अध्यक्षमा विष्णु ढमाल, वरिष्ठ उपाध्यक्षमा चन्दन वली, उपाध्यक्षमा नन्दकिशोर डाँगी, महासचिवमा सन्तोष कुमार खड्का, सचिवमा कृष्णप्रसाद पौडेल, कोषाध्यक्षमा मेघ प्रसाद पौडेल, सह–कोषाध्यक्षमा गिरिराज घिमिरे, सदस्यमा दिपक भुसाल र केशवराज पन्थी, महिला सदस्यमा रञ्जना केसी तथा यमुना रिजाल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिले अन्य कुनै पनि पदमा थप उम्मेदवारी नपरेको र निर्धारित प्रक्रिया पूरा भएपछि सम्पूर्ण उम्मेदवारलाई निर्विरोध निर्वाचित घोषणा गरिएको जनाएको छ। नवनिर्वाचित कार्यसमितिलाई कार्य कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युतीय व्यवसाय समितिका केन्द्रीय तृतीय उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे, यसैगरी नेपाल विद्युत विद्युतीय व्यवसाय समितिका लुम्बिनी प्रदेश संयोजक दीपक पौडेलले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै व्यवसायीहरूले संघको हित, व्यवसायिक हकहित तथा संगठन सुदृढीकरणमा नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

दाङ विद्युतीय व्यवसायिक संघका अध्यक्ष दुल्लुराम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष चन्दन ओलीले र कार्यक्रमको सहजीकरण महासचिव सन्तोष कुमार खड्काले गरेका थिए।