दाङ ।औषधि व्यवस्था विभागले तोकिएको समयसीमाभित्र नवीकरण नगरेका दाङका एकसय बढि औषधि पसलहरूको सञ्चालन प्रमाणपत्र रद्द गरेको छ । विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै प्रमाणपत्र स्वत रद्द भएको स्पष्ट पारेको हो ।
विभागका अनुसार तोकिएको कानुनी अवधि भित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र सिफारिसपत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वत रद्द हुने प्रावधानअनुसार उक्त निर्णय कार्यान्वयन गरिएको हो ।