तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनमा संस्थापकको साथ शाहको प्यानललाई

दाङ । तुलसीपुर उद्योग वाणिज्य संघको यहि बैशाख २९ गते हुने निर्वाचनमा संस्थापक अध्यक्षको साथ ललितजंग शाहको प्यानललाई रहने भएको छ। आज शोमबार उम्मेदवारी दर्ता गर्ने क्रममा तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्ली बहादुर बस्नेतले आफुहरुको साथ साझा व्यवसायिक प्यानलका उम्मेदवारहरुलाई रहने घोषणा गर्दै जितको अग्रिम शुभकामना दिनुभएको छ।

लुम्बिनी प्रदेशका सभामुख घर्ती सहितको टोली चीन प्रस्थान

दाङ।लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर नेतृत्वको प्रतिनिधिमण्डल शनिबार चीनतर्फ प्रस्थान गरेको छ । भ्रमणमा सभामुख तुलाराम घर्ती मगर, उहाँको धर्मपत्नी दिलकुमारी रोका, उप–सभामुख मेनुका खाँड केसी, नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरी र प्रदेशसभा सचिव दुर्लभकुमार पुन रहनुभएको छ। छोङछिङ अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान केन्द्रको सहजीकरणमा आज दिउँसो

मेयर खड्काद्वारा तुलसीपुरको विकासका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण

 दाङ।तुलसीपुरका मेयर टिकाराम खड्काले तुलसीपुरको विकासका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनु भएको छ । मुख्यमन्त्री जोखबहादुर महरालाई आज भेटेर मेयर खड्काले सडक पूर्वाधार,सिचाई,पर्यटन,खेलकुद र जलाशय निर्माणमा बजेट विनियोजन गरिदिन आग्रह गर्नुभएको हो । उहाँले उपमहानगरका १० वटा जलाशय निर्माण,१९ वटा सिचाई आयोजना,६ वटा सडक कालोपत्रे गर्ने बजेट विनियोजन गर्न

दाङको राप्ती नदीमा डुबेर एक युवतीको मृत्यु 

दाङ । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका–२ मटेरिया निवासी २० वर्षीया सरिता चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार लमही नगरपालिका–७ वनघुस्रीस्थित राप्ती नदीमा शनिबार दिउँसो गाउँका धेरै जना डुबेर नुहाउन गएको अवस्थामा माइत आएकी सरिता

माओवादी केन्द्र तुलसीपुरको अध्यक्षमा मोहन थापा चयन

तुलसीपुर। नेकपा माओवादी केन्द्र तुलसीपुरको अध्यक्षमा मोहन थापा चयन हुनुभएको छ । दाङको तुलसीपुरमा विहीबार सम्पन्न पार्टीको पूर्ण बैठकले थापालाई अध्यक्षमा सर्बसम्मत चयन गरेको हो । थापा यस अघि उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गर्नुभएको थियो । त्यस्तै बैठकले उपाध्यक्षहरुमा तुलाराम भण्डारी, भिम चौधरी र अमर नेपाली‘माइकल’लाई चयन गरेको छ,भने  सचिबमा शसिकिरण

सम्वन्धित समाचारहरु