Logo
१७ मंसिर २०८१, सोमबार

लुम्बिनी प्रदेशका सभामुख घर्ती सहितको टोली चीन प्रस्थान

century-mk

दाङ।लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर नेतृत्वको प्रतिनिधिमण्डल शनिबार चीनतर्फ प्रस्थान गरेको छ । भ्रमणमा सभामुख तुलाराम घर्ती मगर, उहाँको धर्मपत्नी दिलकुमारी रोका, उप–सभामुख मेनुका खाँड केसी, नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरी र प्रदेशसभा सचिव दुर्लभकुमार पुन रहनुभएको छ।

छोङछिङ अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान केन्द्रको सहजीकरणमा आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनतर्फ प्रस्थान गरेका हुन्। चोङकिङ रहँदा प्रतिनिधिमण्डलले छोङछिङ  म्युनिसिपल पिपुल्स कंग्रेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको सभामुखको सचिवालयले जनाएको छ।