Logo
१ श्रावण २०८१, मंगलवार

चना घाँटीमा अड्किएर तुलसीपुरमा एक बालकको मृत्यु

century-mk

दाङ । चना घाँटीमा अड्किएर दाङमा एक बालकको मृत्यु भएको छ। बुधबार साँझ ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ९ बेलुवा बस्ने रूपा घर्तीका तीनवर्षीय छोरा राजेन्द्र घर्तीको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार  विद्यालयबाट घर आई घरमै पकाएको चना खाँदै गर्दा घाँटीमा अड्किएर राजेन्द्र घर्तीको मृत्यु भएको हो।