Logo
१ श्रावण २०८१, मंगलवार

बबई नदिले बगाएकी एक युवतीको दंगीशरणमा शव फेला

century-mk

तुलसीपुर । दाङको तुलसीपुरमा खोला तर्ने क्रममा बगाएको युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।

तुलसीपुर–१४ मटेरास्थित बबई नदि तर्ने क्रममा बुधबार आज बिहान अन्दाजी ८ बजेको समयमा सोही ठाउँकी अन्दाजी वर्ष १९ कि सम्झना चौधरीलाई आफन्तीको घरमा जाने क्रममा आज बिहान खोलाले बगाएको थियो । उनको खोजी गर्ने क्रममा दंगीशरण गाउँपालिका-४,मा रहेको बैबाङ देखि बाकी जोड्ने पक्कि पुल नजिकै बबई नदि किनारमा शव भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।