तुलसीपुरमा स्कुल बसले ठक्कर दिदा बाबुछोरा सामान्य घाइते

century-mk

दाङ। दाङकाे तुलसीपुरमा स्कुल बसले ठक्कर दिदा दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार तुलसीपुर उपमहानगरपालिका -५ स्थित सुनिल स्टेशनरी चाेक नजिकै हाम्राे पहुँच सेकेण्डरी बाेर्डिङ स्कुलकाे बस ना.अ.प.ब. ४९३ नम्बरकाे स्कुल बसले विद्यार्थी लिन जाने क्रममा तुलसीपुर उपमहानगरपालिका -३ दमारगाउँबाट आउँदै गरेको रा ६ प ८८८७ नम्बरको स्कुटरलाई ठक्कर दिदा साे दुर्घटना भएको हाे ।

उक्त सवारी दुर्घटनामा घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका -३ दमारगाउँ बस्ने ४७ वर्षीय प्रेम चन्द र उहाँका १४ वर्षीय छोरा साजन चन्द सामान्य घाईते भएकाे इलामा प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । मंगलबार बिहान ६ बजेतिर दुर्घटना हुँदा घाईते भएका दुई जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको र बिरामी सामान्य रहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ ।

हाम्राे पहुँच सेकेण्डरी बाेर्डिङ स्कुलकाे बस र स्कुटरलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।