Logo
१ श्रावण २०८१, मंगलवार

पुरन्धारा झरनाका लागि १५ लाख,दंगीशरण दरवारकालागि १० लाख बजेट बिनियोजन

century-mk

दाङ। दाङ बबई गाउँपालिका स्थित पर्यटकीय क्षेत्र पुरन्धारा झरनाकालागि १५ लाख बजेट बिनियोजन भएको छ । लुम्बिनी प्रदेश सरकारले  पूर्वाधार निर्माणकालागि भनेर सोही ठाउँमा उक्त बजेन बिनियोजन भएको हो ।

प्रदेशसभा सदस्य तथा निवर्तमान अर्थमन्त्री धनबहादुर मास्कीको पहलमा सोही ठाउँमा उक्त बजेट परेको हो । यस अघि मास्कीले अर्थमन्त्री हुँदा झरनामा जिपलाईनको सम्भाब्यता अध्ययनकालागि बजेट बिनियोजन गर्नुभएको थियो । जसका केही दिन अघि सम्भाब्यता अध्ययन समेत सम्पन्न भएको थियो ।

त्यस्तै शान्तिनगरको सुन्दरादेवी मन्दिरकालागि १० लाख बजेट बनियोजन भएको छ । त्यस्तै तुलसीपुर ११ स्थित दंगीशरण दरवारकालागि १० लाख बजेट बिनियोजन भएको छ ।