काठमाडौं । विज्ञान तथा प्रविधि मन्त्रालयले (एसईई मा दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीलाई समेत मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बिहीबार हिजो सार्वजनिक गरेको नतिजाअनुसार २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेड (एनजी)मा रहेका छ्न् । यो संख्या परीक्षामा सहभागी कुल ४ लाख ६४ हजार ७८५ विद्यार्थीको ५२.१४ प्रतिशत हुन आउने संख्या हो ।