Logo
१९ मंसिर २०८१, बुधबार

नेपाली किसानले उत्पादन गरेको महको मूल्य निर्धारण गर्नुपर्छ : सांसद नारायणी शर्मा

century-mk

काठमाडौँ । प्रतिनिधि सभा सदस्य नारायणी शर्माले  नेपाली किसानले उत्पादन गरेको महको मूल्य निर्धारण गर्न सरकारसंग आग्रह गर्नुभएको छ ।

मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै आयातित महका कारण नेपाली महले खास मूल्य नपाएको भन्दै उहाँले आयातित महमा रोक लगाउँदै सरकारले नेपाली महको छिटो मूल्य निर्धारण गर्नुपर्ने बताउनु भएको हो।

शून्य समयमा बोल्दै सांसद शर्माले दाङ जिल्लामा मात्र सय मेट्रिक टन भन्दा बढी महले उचित मूल्य नपाउँदा किसानले अहिलेसम्म घरमै राख्न बाध्य भएको बताउनुभयो ।

सांसद शर्माले भन्नुभयो,’ नेपाली महको उत्पादित मूल्य प्रतिकेजी ४२५ रुपैयाँ पर्न आउने तर विदेशी सिरफ त्यो भन्दा सस्तोमा बजारमा पाइने भएकाले त्यस्तो मह आयातमा रोक लगाउन जरुरी छ । ‘ शर्माले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै सिरफ महको ल्यावटेस्ट गरी आयातमा रोक लगाउन समेत माग गर्नुभएको छ।