काठमाडौं ०२ माघ २०७९
” महिला उद्दमी बनेर देखाउ आत्मनिर्भर भएर बाचौ ” भन्ने उद्धेश्य बोकेर काठमाडौं महानगरपालिका ६ महांकालमा अवस्थित सज्जन महिला वचत तथा ऋण सहकारी संस्था आज मिति २०७९ माघ २ गते १३ वर्ष पूरा गरी १४औं वर्षमा प्रबेश गरेको छ । समाजमा विभिन्न पेशामा आवद्ध भै बसेका ३२ जना दिदिबहिनीहरु मिलेर केही गरौ भन्ने अठोटका साथ तदर्थ समिती गठन गरि सज्जन महिला बचत तथा ऋण सहकारी संस्था नामाकरण गरि २०६६ पौष महिनाको १४ गते डिभिजन सहकारी कार्यालय बिजुली बजार नयाँ बानेश्वरमा दर्ता गरि माघ २, २०६६ मा प्रारम्भिक साधारण सभाबाट आफ्नो पहिलो कारोबारको सुरु गरेको थियो ।
हिजोको ३२ जनाबाट सुरु गरेको कारोबार र त्यो सानो परीवार आज ठुलो बन्दै गएको छ । यो वृद्धि संगै सदस्य वृद्धि, पुँजी वृद्धि , दायित्व वृद्धि ,परिवार र परिचयको आकार समेत बढेको संस्थाकी अध्यक्ष्य सिमा पुरी ले बताउनु भयो । संस्थाको वार्षिक उत्सबको उपलक्ष्यमा अध्यक्ष्य पुरीले एक शुभकामना संदेश प्रेसित गर्दै संस्था सबैको साझा थलो रहेको र नयाँ सदस्यहरुको लागि सधै ढोका खुल्लै राख्ने गरेको बताउनु भयो ।
शुभकामना संदेश दिदै अध्यक्ष्य पुरी लेख्नुहुन्छ “बालक युवा ,महिला ,पुरुष जेष्ठ नागरिक , सबै उमेरका ब्याक्तित्वहरु सज्जन महिला साकोसको सदस्य बन्न सक्नेछन। महिला द्वारा संचालन रहेको यस सहकारीमा पुरुष सदस्य रहेको र पुरुष सदस्यहरूबाट संस्थाको उन्नति ,प्रगति र महिलाहरुको नेतृत्व विकासमा साथ दिएको हामीले देख्न सक्छौ !दिन प्रतिदिन सज्जन महिला साकोसको आँगनमा नयाँ सदस्यहरुको आगमन बढ्दै छ र आफ्ना सदस्यहरुले भरीदै छ बिश्वासको आँगन ! फराकिलो उदेश्य राखी यस संस्थाले नयाँ सदस्यहरुको लागि सधै ढोका खुल्लै राख्ने गरेको छ ।”
जनही रु १०० का दरले उठाएको शेयर पुंजी आज करिव १ करोड ६६ लाख पुगेको छ भने कुल सम्पत्ति करिव १५ करोड पुगेको जानकारी संस्थाकि ब्यबस्थापक नगिना सिंह भण्साडारीले सार्बजनिक गरेको सुचनामा उल्छलेखित छ ।
आफ्ना सदस्यहरुबाट सधै सकारात्मक साथ र सहयोग पाएको यस संस्थाले आफ्नो सदस्यहरुको बित्तीय आवश्यकता लगायत दैनिकी र ब्यबहारिक रुपमा आउने समस्या संग संग संगै रहेको र सुखदुःखमा साथ भएको बिश्वास सदस्यहरुलाई दिलाउन सफल भएको हुँदा सानोतिनो समस्या र चुनौतीपूर्ण काम सहज हुँदै सम्पन्न गर्न सफल भएको छ । संस्थाले गत आश्विन ०८ गते शनिबार आफ्नो १३ औ वार्षिक साधारण सभा सम्पन्न गरिसको छ ।
सबै सदस्यको एउटै चाहाना “सज्जन महिला साकोस” यो नाम सुनौलो अक्षरमा सधै चम्किलो भै रहोस र आफ्नो कर्म गरेर सदस्यमाझ पहिचान देखाईरहोस भन्ने संचालक समितिको दृढ संकल्काप छिट्टै पुरा होस हाम्रो पनि शुभकामना ।