देवी  बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न । 

century-mk

काठमाण्डौ

कागेश्वोरी मनोहरा  नगरपालिका-६ मुलपानीमा अवस्थित, देवी  बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष प्रकाश ढुंगेलको अध्यक्षता एबम कागेश्वोरी मनोहरा  नगरपालिका वडा न. ६ का वडाध्यक्ष  प्रकाश फुयालको प्रमुख आतिथ्य  तथा कागेश्वोरी मनोहरा  नगरपालिका सहकारी बिभाग प्रमुख अनिता तामांगको विशिष्ट आतिथ्यता,  सहकारी विद,  विभिन्न सहकारी संघ संस्थाका प्रतिनिधिहरुको  आतिथ्यता र  संस्थाका    शेयर सदस्यहरुको उपस्थितिमा साधारण सभा सम्पन्न भएको  थियो ।

कार्यक्रममा संस्थाको सदस्य सम्मान नीति अनुरुप विभिन्न विधामा उत्कृष्ट शेयर सदस्यहरु, जेस्ठ नागरिक शेयर सदस्य तथा उत्कृष्ट   बाल बचतकर्ता   लाई सम्मान गरियको थियो ।

सभामा प्रमुख अतिथि फुयालले सहकारीले सदस्यलाई ऋण लगानी गर्ने असुल्ने मात्र नगरेर सदस्यको बास्तविक पिडा बुझ्नु पर्नेमा जोड दिनु भयो । “कतै अन्य  सहकारीले  तपाइको  सदस्यको ढाड सेक्ने गरि लगानी असुली पो गरेको छ कि ? ” चनाखो  रहन र आफ्ना शेयर सदस्यलाई वित्तीय साक्षरता तालिम दिनु पर्नेमा जोड दिनु भयो । सहकारीले अब बचत ऋण मात्र नगरेर उद्योग व्यवसाय मा समेत आफ्नो व्यवसाय विस्तार गर्नु पर्नेमा जोड दिनु भयो  ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तामांगले सहकारीले नियमित रुपमा कोपोमिसको कार्यन्वयन गरेको, सहकारीले सहकारीका आधारभूत ७ सिद्धान्तहरुको पालना गरेकोमा खुसि व्यक्त गर्दै सहकारी आफ्नो नियामक आफै रहेकोले आफ्नो नियमन आफ्नै लेखा सुपरिवेक्षण समितिले प्राभाकारी ढंगले गरेमा सहकारीमा समस्या नआउने समेत बताउनु भयो । उहाले हाल बजारमा आइरहेका सहकारीका केहि नकारात्मक समाचारहरु प्रति लक्षित हुदै त्यस्ता केहि गलत र नियोजित व्यक्तिका  कार्य  बाट सिर्जित सहकारीका समस्या र तिनैका  समाचार स्वाभाविक भएकोले गल्ति गर्नेले सजाय पाउने र त्यस्ता समाचार को पछी नलाग्न समेत अनुरोध गर्नु भयो । उहाले कागेश्वरी मनोहरा नगरपालिकामा हाल ७१ वटा सहकारी रहेकोमा कुनैमा पनि त्यस खाले समस्या  नरहेको जिकिर समेत गर्नु भयो ।

उहाले  “संस्थाहरुको समस्याले लिनु पर्ने उचाई लिई सकेकोले अबको समय भनेको संस्थाहरु संस्थागत हुने चरण  हो ” भन्दै देबी सहकारीले  देशको यस्तो आर्थिक बिचलन भएको समयमा समेत राम्रो प्रगति गरेकोमा बधाई समेत दिनु भयो । महिला पुरुष समविकास को औचित्य माथि धारणा राख्दैसाबाई मिलेर अघि बढ्नु र दिदि बहिनि हरुलाई आर्थिक उपार्जनको मूल धारमा ल्याउनुमा देबी सहकारीको प्रशंसा समेत गर्नु भयो । कागेश्वरी मनोहरा नगरपालिले ‘ एक सहकारी एक व्यवसाय ‘ को नीति लिएकोले सदस्यहरुलाई देवी सहकारी मार्फत व्यवसायको परियोजनाको प्रस्ताव लिएर आएमा नगरपालिकाले त्यसमा आर्थिक सहयोग गर्ने समेत बचन बद्धता प्रकट गर्नु भयो ।

साधारण सभामा संचालक समितिको तर्फा बाट  अध्यक्ष प्रकाश ढुंगेलको सांगठनिक  प्रतिवेदन, सचिव दीपक चौलागाईको प्रगति प्रतिवेदन र आगामी आ व को लागि प्रस्तावित कार्ययोजना ,  कोषाध्यक्ष मणिराम घिमिरेको आर्थिक प्रतिवेदन र आगामी आ व को लागि प्रस्तावित बजेट प्रस्तुत गरि सत प्रतिशत मतले पारित गरेको थियो ।

 

त्यस्तै लेखा सुपरिवेक्षण समितिको तर्फ बाट संयोजक उर्मिला ढुंगेलको आन्तरिक लेखा परिक्षण प्रतिबेदन, र सि ए प्रकाश के.सी. ले तयार पार्नु भएको वाह्य लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरि सत प्रतिशत मतले पारित गरेको थियो ।

कार्यक्रममा संस्थाका   संस्थापक अध्यक्ष, श्याम ढुंगेलले “संस्थाको  बिगत देखि वर्तमान सम्म”  बिषयक जानकारी मुलक  कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

वि. स. २०६८ फाल्गुन १५ गते विधिवत रुपमा डिभिजन सहकारी कार्यालय बिजुलीबजार काठमाण्डौमा २५ जना सदस्य बाट जनही एक हजार रुपैया शेयर बापत संकलन गरि खोलिएको देबी बचत तथा ऋण  सहकारी  संस्थाले गत आर्थिक वर्षको अन्त सम्म आइपुग्दा ८ जना कर्मचारीको सहयोगमा  १४०० शेयर सदस्य बाट  २,४४,४८,६०० को शेयर संकलन गरेको छ । त्यस्तै सोहि अवधिमा कुल निक्षेप ७,४४,२९,८६२ रुपैया कर्जा लगानी ८,९५,५९,०६६ रहेको छ भने कुल समप्त्ति ११,०९,९२,८००.६६  रहेको र तरलता करिब १२ प्रतिशत रहेको र संस्थाको आफ्नै नाममा करिब ४ आना अचल सम्पत्ति समेत रहेको छ ।

कार्यक्रममा बोल्ने अन्य सहकारी संघ संस्थाका प्रतिनिधि  वक्ताहरुले संस्थाले हाल सम्म सदस्यहरुको मन जिती रहेको र आगामी दिनमा अझ सशक्त भएर समुदायको उत्कृष्ट सहकारी बन्न सुझाब सहितको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

संस्थाका १३ वटा महिला समुहका  करिब ४०० महिला सदस्य र अन्य गरि करिब ७० प्रतिशत शेयर सदस्य को सहभागिता रहेको १२ औ बार्षिक साधारण सभामा,  संस्थाका उपाध्यक्ष  तथा साधारण सभा कार्यक्रमका संयोजक मिलन खनालले  उपस्थित सम्पूर्णलाई  आफ्नो मन्तव्य मार्फत  स्वागत  गर्नु भएको  कार्यक्रमको सहजीकरण  संस्थाकी ऋण असुली उपसमिति सदस्य सरिता अर्याल ढुंगेलले गर्नु भएको थियो ।