Logo
१७ मंसिर २०८१, सोमबार

दाङ विद्युतीय ब्यवसायी संघको चौथो वार्षिक साधारण सभा सम्पन्न

century-mk

दाङ । दाङ विद्युतीय ब्यवसायी संघको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर -१० ,अम्रइ दाङमा भएको संघको वार्षिक साधारण सभाको उद्घाटन नेपाल विद्युतीय ब्यवसायी महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाले गर्नुभएको थियो ।

सभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष देवकोटाले विद्युतीय सामाग्री उत्पादन गर्ने उद्योगी र त्यससंग सम्बन्धित ब्यवसायीलाई पछिल्लो समय नेपालमा देखीएको आर्थिक संकटले ठुलो प्रभाव पारेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका देवकोटाले आफु विद्युतीय ब्यवसायि भएको नाताले यस क्षेत्रलाई फाइदा हुने गरि काम गर्न लागिरहेको बताउनुभयो । पछिल्लो समय बैंकिङ क्षेत्रले अत्यधिक ब्याजदर बढाउदाँ आफु लगायत आम उद्योगी,व्यवसायीहरु त्यसको प्रत्यक्ष मार खेपिरहेको कुरालाई मध्येनजर गरेर आफुहरुले त्यसको बारे राज्यका सम्बन्धित मन्त्त्रालयलाई त्यसबारे अबगत गराउदै कानुन बदलेर भएपनि ब्यवसायमैत्री एननियम बनाउन पहल गरिरहेको बताउनुभयो ।

 

यस्तै नेपाल विद्युतीय ब्यवसायी महासंघका कोषाध्यक्ष प्रकाशचन्द्र पान्डे र नेपाल विद्युतीय ब्यवसायी महासघंको केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश संयोजक लोकनाथ पोख्रेलले व्यवसाय गरिराखेका व्यवसायीहरुलाई विस्थापित हुन नदिन आफुहरुले राज्यका विभिन्न निकायसंग भेटेर आफ्ना मागहरू राखेको बताउनुभयो ।

संघको चौथो वार्षिक साधारण सभामा बोल्दै दाङ जिल्ला उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष नरेश श्रेष्ठ ,नारायणपुर उद्योग बाणिज्य संघका अध्यक्ष अनिल बस्नेत,रुपन्देही विद्युतीय ब्यवसायि संघका अध्यक्ष शान्तराज खराल,बरिस्ठ उपाध्यक्ष केशव कुमार सिंह,दाङ विद्युतीय ब्यवसायि संघका सल्लाहकार ऋषिराज गौतम,बिशिस्ट सदस्य ऋषि पोख्रेल लगायत ब्यक्तित्वले ब्यबसायिले भोग्नुपरेका अनेक समस्याले ढुक्कसँग आफ्नो व्यवसाय सञ्चालन गर्न नसकिरहेको अहिलेको परिवेशमा दाङ विद्युतीय ब्यवासायि संघले त्यसमा ध्यान दिएर आफ्ना सदस्यलाई आत्मबल बढाएर यहि ब्यवसायमा टेक्ने हौसला दिनुपर्नेमा जोड दिनुभएको थियो ।

सोही कार्यक्रममा दाङ विद्युतीय ब्यवसायी संघमा आबद्ध नयाँ सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । यसैगरी प्रमुख अतिथि,बिशिस्ट अतिथि,अतिथि,सल्लाहकार लागायत पुर्ब पदाधिकारीलाई मायाको चिनो सहित सम्मान गरिएको थियो।

यस्तै आजै सम्पन्न भएको संघको साधारणसभाको बन्दसत्रले महासचिव सन्तोष कुमार खड्काले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष हिमाल आचार्यले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सहभागीको सुझावलाई समेट्दै पारित भएको दाङ विद्युतीय ब्यवसायी संघका अध्यक्ष डुल्लुराम पोख्रेलले जानकारी दिनुभयो । चौथो साधारण सभाले संघको रिक्त सचिव पदमा पृतम पान्डे लाई र महिला सदस्यमा लाई सर्बसम्मत चयन गरेको महासचिव सन्तोष कुमार खड्काले जानकारी दिनुभयो ।

दाङ विद्युतीय ब्यवसायी संघका अध्यक्ष डुल्लुराम पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा संघका बरिस्ठ उपाध्यक्ष चन्दन वलीले सहभागीलाई स्वागत मन्तव्य मार्फत स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संञ्चालन संघका महासचिव सन्तोष कुमार खड्काले गर्नुभएको थियो ।