नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ( नेफ्स्कुन ) को आसन्न निर्वाचन सहितको साधारण सभामा वर्तमान संचालक समितिका सदस्य संदिप सापकोटाले आफ्फ्नो महासचिवमा दाबी रहने बताउनु भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफस्कुन) को आसन्न साधारण सभाले अबको चार बर्षको लागि नयाँ नेतृत्व चयन गर्दै छ । यहि पुष ७ र ८ गते काठमाडौंमा सम्पन्न हुने संघको ३२ औ साधारण सभाले नयाँ नेतृत्त्व चयन गर्ने छ । संघले सो सम्बन्धि निर्वाचन कार्यतालिका समेत सार्बजनिक गरेको छ ।
आज अनलाइन सन्देश संगको कुराकानीमा नेफ्स्कुनका स्दंचालक सदस्य रहनु भएका सापकोटाले आगामी चुनावी साधारण सभामा आफ्नो महासचिवमा दाबि रहने र सो का लागि आफु तयार रहेको समेत बताउनु भयो ।
आंफ्नो राजनैतिक दल ने क पा मावोबादीले सहमतिमा महासचिव पद पाउने र सो पदका लागी आफु योग्य र तयार रहेको समेत् बताउनु भयो । ” मलाइ मेरो पार्टी र ने क पा एमाले साथै नेपालि कांग्रेसको संमेत पूर्ण समर्थान र साथ् रहेको र सोहि अनुसार भए सहमति नभए लोकतान्त्रिक पद्धति बाट भए पनि आफु एसपाली महासचिवमा उठ्ने र जित्ने पक्का भएको” बताउनु भयो ।
सापकोटा बिगत १ दशक देखि ने क पा माओबादिमा सक्रिय राजनैतिक जीवन बिताउनु भएको र ४ वर्ष अघि अघिल्लो चुनावी साधारण सभामा लुम्बिनी प्रदेशको तर्फ बाट नेफ्स्कुनको संचालक सदस्यमा निर्बिरोध निर्बाचित हुनु भएको हो ।
युवा पुस्ता माझ निकै नै लोकप्रिय रहेका सापकोटा युवा उध्यमी र युवा व्यवसायी समेत हुनुहुन्छ । त्यस्तै सापकोटा राष्ट्रिय सहकारी बिकाश बोर्डका संचालक सदस्य र राष्ट्रिय युवा परिषदका संचालक सदस्य समेत हुनुहुन्छ । वर्तमान कार्यकालमा सापकोटा नेफ्स्कुन सदस्य सेवा कार्यालय घोराही दाङ र सदस्य सेवा कार्यालय रुपन्देहीको संयोजक रही काम गर्दै आउनु भएको छ ।
यसै बिच महासचिव पदमा निकै नै रोचक प्रर्तिस्प्रधा रहने आकलन गरिएको छ । निबर्तमान कोषाध्यक्ष केशव पोख्रेल, वर्तामान लेखा समिती संयोजक नवराज सापकोटा लगाएतकाको पनि उम्मेद्द्वारी आउने सहकारी वृत्तमा चर्चा चलेको छ । यधपी कसैले पनि सार्वजनिक रुपमा महासचिवको उम्मेद्द्वारी दिएको भने पाइएको छैन ।
नेफ्स्कुनको अध्यक्ष्यमा भने यस अघि नै वर्तमान अध्यक्ष्य परितोष पौड्याल र वर्तमान उपाह्याक्ष्य चन्द्री प्रसाद ढकालको चर्चा अलि बढ्दै छ ।