काठमाडौं , मंसिर २५ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का बरिष्ठ उपाध्यक्ष तथा आसन्न निर्वाचनमा अध्यक्षका बलिया दावेदार चन्द्रप्रसाद ढकालले संघको अध्यक्ष पदमा उमेदवारी दिइरहँदा सहकारी सञ्जाल सुदृढिकरणका आफ्ना केही प्रतिवद्धता ब्यक्त गर्नु भएकाे छ ।
उहाले संघको आगामी निर्वाचनमा आफू स्वत अध्यक्षको दावेदार भएकोले आफूले सहकारी अभियानलाइ थप मजबुत र सशक्त बनाउन आफुले गर्ने कामको प्रतिवद्धता समेत ब्यक्त गर्नु भएकाे छ ।
उहाले अभियान संरक्षणका लागि रूपान्तरण सहितको सहकारीमैत्री नेतृत्व छनोट गर्न सहकारीकर्मीलाई आग्रह गर्दै सञ्जाल सुदृढिकरण संकल्प ब्यक्त गर्नु भएकाे हो । राजनीति, भुगोल वा स्वलाभ भन्दा माथि उठेर मात्र सहकारी अभियानको सञ्जाल सुदृढिकरण संकल्प पुरा गर्न सकिने बताउँदै रुपान्तरण सहितको नेतृत्व लाइ संघको जिम्मा दिन समेत बताउनु भयो र सो का लागि आफु निर्विकल्प रहेको समेत बताउनु भयो ।
” बचत ऋण सहकारीहरुको सञ्जाल बिषयगत केन्द्रीय संघमा आबद्ध संस्था तथा संघहरुको व्यवसायिक क्षमता, कौशल र छवीमा बिबिधता छ, तर सामाजिक, आर्थिक तथा सांस्कृतिक रुपान्तरण र विकासका लागि गठन भएका बचत तथा ऋण सहकारीहरुको ब्यवसायिक ध्येयमा समानता छ । आजको दिनमा कार्यालय खुल्नु, दैनीक प्रशासनिक काम चल्नु मात्र पनि अभियानको अग्रगती होइन ”।
उहाले आम सहकारीकर्मी हरुलाई आह्वान गर्दै, सहकारी अभियानले भोगेको आन्तरिक वा वाहृय समस्या समाधानको जिम्मेवार पनि हामी नै हौं । त्यसैले सम्पुर्ण बचत तथा ऋण सहकारीकर्मीहरु एकढीक्का भएर सञ्जाल सुदृढिकरण संकल्पमा लाग्नु पर्नेमा जोड दिनु भएकोछ ।
सोमबार आफ्नो सामाजिक संजाल मार्फत सञ्जाल सुदृढिकरण संकल्प नामक आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै अध्यक्ष्यका दाबेदार ढकालले लेख्नुहुन्छ, ” बचत तथा ऋण सहकारीहरुको केन्द्रीय बिषयगत संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको ३२औं साधारण सभा नेतृत्व चयनको प्रस्ताव समेत समावेश गरी सम्पन्न हुँदैछ । यहाँहरुले औपचारिक वा अनौपचारिक रुपमा संघको पत्र तथा प्रतिनिधित्वको फाराम प्राप्त गर्नु भयो होला भन्ने अपेक्षा राखेको छु । ”
” संघ यहाँहरुको हो । संघ कस्तो बनाउने भन्ने यहाँहरुको सोचमा आधारित हुनु पर्दछ । सहकारी अभियानमा हाल देखिएका आन्तरिक (सुशासन समेत ) र वाहृय समस्या अल्पकालिन हो, तर सहकारी अभियान जीवनपर्यन्त चलिरहने अभियान भएकोले जतिसुकै बिषम परिस्थिति भएपनि मिति २०८० पौष ७ र ८ गते तय भएको साधारण सभामा आधिकारिक प्रतिनिधिहरुको सक्रिय सहभागिताको लागि आवश्यक व्यवस्थापन गरी दिनुहुन अनुरोध छ । सहकारी ऐन, नियम, संघको विनियम तथा नीतिहरुको आधारमा नेतृत्वमा यहाँहरुले गर्ने योगदानले अभियानको जग बलियो बनाउन सहज हुनेमा म विश्वस्त छु । ”
” ३२औं साधारण सभालाई सञ्जाल सुदृढिकरण संकल्पको साधारण सभाको रुपमा लिएको छु । अभियानकर्मीहरु मिलेर नै बचत तथा ऋण सहकारी अभियान बचाउन सकिन्छ । राजनीति, भुगोल वा स्वलाभ भन्दा माथि उठेर मात्र सहकारी अभियानको सञ्जाल सुदृढिकरण संकल्प पुरा गर्न सकिन्छ । यो यात्रामा यहाँहरुको साथमा मेरो पनि तपशिलका प्रतिवद्धता सहित सहभागिता रहनेछ । ”
सञ्जाल सुदृढिकरण संकल्प
– सरकारसंगको पैरवीमा वित्तीय सहकारी ऐन ।
– सहकारी शुद्धिकरणका लागि पुनर्जागरण अभियान सञ्चालन ।
– असल ऋण अभ्यास कायम राख्न असुलि न्यायाधिकरण, सूचना केन्द्र र ऋण सुरक्षण ब्यवस्था, बचत सुरक्षाका लागि बचत सुरक्षण कोष र – स्थिरीकरण कोषको प्रभावकारी कार्यान्वयन ।
– सञ्जालको स्वनियमन मार्फत सुशासन प्रवद्र्धन गरी नियमकीय भार न्यूनीकरण । समस्यामा परेका सदस्यहरुको ब्यवस्थापन सहजिकरण मार्फत अविभावकत्व ।
– सहकारी, सरकारी र निजी साझेदारीमा उद्यमशिलता बिकासका कार्यक्रमहरु सञ्चालन, प्राबिधिक रुपमा सञ्जालिकरण मार्फत सञ्जालका सेवाहरुमा उत्कृष्ठता ।
– न्यून लागतका स्रोतहरु बचत तथा ऋण सहकारीहरु मार्फत परिचालन ।
– सबै सदस्यहरुलाई तालिम, शिक्षा तथा क्षमता विकासका कार्यक्रमहरुको सुनिश्चितता ।
अध्यक्ष्यका प्रत्त्याशी ढकालले, ”बचत तथा ऋण सहकारी अभियानलाई सुदृढ, सक्षम र गतीशिल बनाउन सबै मिलेर काम गर्न आहृवान गर्दै मिठासपुर्ण र कठिन भाषिक शब्दजालमा नपरी स्वविवेक प्रयोग गरी साधारण सभा मार्फत एकका लागि सबै र सबैका लागि एकको भावनामा काम गर्न सक्ने नेतृन्व छान्नमा सफलता मिलोस् भन्ने अपेक्षा गरेको छु ।” भन्दै सार्बजनिक अपिल समेत गर्नु भएको छ ।
यहि पुष ७ र ८ गते काठमाडौंमा सम्पन्न हुने नेफ्स्कुनको ३२ औ साधारण सभाले आगामी ४ बर्षको लागि नयाँ नेतृत्त्व चयन गर्दै छ ।