निलकण्ठ नगरपालिकामा ३ दिने सहकारी अभिमुखीकरण तालिम सम्पन्न

century-mk

काठमाडौं । “सम्बृद्ध निलकण्ठ नगरको आधार : कृषी पर्यटन उद्यमशीलता सहितको पूर्वाधार”  भन्ने मूल नाराका साथ निलकण्ठ नगरपालिका को आयोजना एवं इन्नोभेटिभ सोलुसन एण्ड रिसर्च सेन्टरको प्राबिधिक सहयोगमा यहि जेठ २ गते देखि ४ गते सम्म  धादिंग जिल्लाको धादिंगबेशीमा ३ दिने सहकारी अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

तालिमको  समापन  निलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत को अध्यक्ष्यता एबम निलकण्ठ नगरपालिकाको  वडा न ६ का वडाध्याक्ष्य एबम आर्थिक बिकास समितिका संयोजक लक्ष्मण रम्तेलको प्रमुख आतिथ्यतामा गरिएको थियो  ।

सो  अवसरमा बोल्दै प्रमुख अतिथि रम्तेलले ” सहकारीले दैनिक बचत उठाउने र ऋण लगानी गर्ने मात्र नभएर सो कार्य बाहेक अन्य कार्यहरु जस्तै उत्पादनमा वृद्धि रोजगारी सृजना कृषिमा आत्मनिर्भर बनाउनेमा जोड दिनु पर्ने बताउनु भयो  ।

उहाले  देशमा रोजगारी नभएर बिदेशिएका युवालाई स्वदेशमा फर्की स्वरोजगारी बनाउनु पर्नेमा सहकारीले जोड दिनु पर्ने समेत बताउनु भयो ।

कार्यक्रममा बोल्दै  प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुबेदीले नगरपालिकाले एस खाले तालिम कार्यक्रम नियमित रुपमा गर्दै आएको र आगामी दिनमा समेत यसलाई नियमितता दिने बताउनु भयो  । तालिम लिने मात्र काम गरे त्यो बजेट सक्ने मेलो मात्र हुने तर तालिम मा सिकेका कुराहरु ब्यबहारमा लागु गरे त्यो नगरपालिकाको असल लगानी हुने पनि बताउनु भयो ।

उहाले  अब  सहकारीले नियमित रुपमा कोपोमिस मार्फत मासिक प्रतिवेदन बुझाउनु पर्ने र कोपोमिसमा प्रतिबेदन नबुझाउने सहकारिहरुलाई नगरपालिकाले कारबाही गर्ने समेत  बताउनु भयो ।

कार्यक्रममा निलकण्ठ नगरपालिकामा कार्यक्षेत्र बनाइ संचालित ६९ सहकारी हरु मध्ये ३४ सहकारीको सहभागिता रहेको थियो भने बाकि सहकारी हरुलाई आगामी दिनहरुमा तालिम संचालन गरिने प्रशासन सहाएक लोकनाथ उपाध्यायले जानकारी दिनु भयो ।

तिन दिन सम्म चलेको तालिममा जिल्ला बचत् संघ धादिंगका व्यवस्थापक गोकर्ण मणि दवाडी, इन्नोभेटिभ सोलुसन एण्ड रिसर्च सेन्टर काठमाडौंका प्रशिक्ष्यक द्वय राजकुमार श्रेष्ठ र वेद प्रसाद भट्टराईले  प्रशिक्ष्यण दिनु  भएको थियो । तालिममा सहकारीको आधारभूत अबधारणा, आधारभूत लेखा ब्यबस्थापन तथा कोपोमिसको बारेमा प्रशिक्ष्यण गरिएको थियो ।

 

सहभागीको तर्फा बाट बोल्दै एक सहभागी गुणनिधि धमलाले बोल्दै तालिम अत्यन्त फलदायी रहेको र नगरपालिकाले आगामी दिनमा यस प्रकारका तालिम नियमित रुपमा राख्नु पर्ने माग समेत गर्नु भयो ।

कार्यक्रमको सहजीकरण निलकण्ठ नगरपालिकाकि सहकारी अधिकृत बिजया अर्याल र सहयोग कार्यालय सहाएक बिष्णु अर्यालले गर्नु भएको थियो ।