Logo
८ मंसिर २०८१, शनिबार

आईडियल सहकारीका गणेश कुमार आश राष्ट्रिय सहकारी बैंक, राजविराजको संयोजकमा मनोनित

century-mk

काठमाडौं : राजविराज स्थित आईडियल सहकारी संस्थाका अध्यक्ष गणेश कुमार आश राष्ट्रिय सहकारी बैंक लिमिटेड, राजविराज शाखाको संयोजकमा मनोनित  हुनु भएको छ । बैंकको  सञ्चालक समितिको बैठकले आशलाई राजविराज  शाखा समन्वय उपसमितिको संयोजकमा मनोनित गरेको हो ।

नव नियुक्त संयोजक आश   बिगत लामो समय देखि मधेश प्रदेशको  उत्कृष्ट संस्थाको  रुपमा विभिन्न समयमा विभिन्न  निकाए बाट सम्मानित भैसकेको  आईडियल सहकारी संस्थाको  नेतृत्व गरिरहनु भएको छ ।  आश संयोजकमा मनोनित भएसँगै राष्ट्रिय सहकारी बैंकको  व्यवसाय विस्तारमा अतुलनिय योगदान रहने विश्वास बैंकले लिएको छ ।

मधेश प्रदेशकै नमूना सहकारीको रुपमा स्थापित आईडियल सहकारी संस्थाको  गत आ व २०७८/०७९ मा कुल शेयर  पुंजी  १०  करोड ३३  लाख रहेको संस्थाको कुल  वासलात १ अर्ब २४  करोड २२ लाख  रुपैयाँ रहेको छ । ११  करोड ७२  लाख जगेडा  तथा अन्य   कोषमा रहेको छ भने तरलता १५.६६ प्रतिशत रहेको छ ।

संस्थामा १४ हजार ७७९  जना सदस्यको ९५  करोड ३५ लाख रुपैयाँ बचत रहेको छ । संस्थाले गत वर्ष आगामी चार वर्षको  लागि रणनैतिक योजना बनाएको थियो भने कुल २ अरब १४ करोड को प्रपेक्षित वासलात बनाएको छ ।