कमिरेचौर,दाङ।बंगलाचुली गाउँपालिका वडा नम्वर एकमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका लागि छनौट भएको योजनामा स्थानियको उत्तसाहजनक सहभागिता रहेको छ ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रममाको लागि फारम भरेका स्थानियहरु अहिले दैनिक ज्यालामा योजना सम्पन्न गर्नका लागि सहभागि भएका हुन् । बंगलाचुली गाउँपालिका वडा नम्वर एकको खिरुवापाटा देखि प्यारधारा सम्मको करिम ६ सय मिटर पैदल मार्ग निर्माणका लागि स्थानियहरु जुटेका हुन् । उनिहरुले सोही कार्यक्रम अन्तर्गत योजना सम्पन्न गर्ने काममा खटेवापत दैनिक ५ सय ७७ राज्यले तोकेको दैनिक ज्याला समेत पाउने छन् ।
यसैवीच सो योजनाको आज बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर र उपाध्यक्ष भक्त बहादुर जिसीले संयुक्तरुपमा अनुगमन गर्नु भएको छ ।उहाँहरुले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा सहभागी स्त्थानीयको गुनासो तथा सुझाव र योजनाको कामको अनुगमन गर्नुभएको हो ।