रास्वपा सभापति  रवि लामिछाने चितवन क्षेत्र नम्बर २ मा दोस्रो पटक विजयी

century-mk

दाङ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा भारी मतअन्तरका साथ दोस्रो पटक विजयी हुनुभएको छ।

गत मंसिर ४ को चुनावमा चितवनबाट  रवि लामिछानेले ४९ हजार ३ सय मत प्राप्त गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । निर्वाचन आयोगले केहिबेर अघि गरेको अन्तिम परिणामको घोषणा अनुसार लामिछाने ले यसपटक ५४ हजार १७६ मत ल्याएर निर्वाचित हुनुभएको छ। यस्तै लामिछाने को निकटतम प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बन्नुभएका कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ११२१४ मत प्राप्त गर्नुभएको छ ।

नागरिकतासम्बन्धी विवादमा अदालतले दोषी ठहर गरेपछि सांसद पद,उपप्रधान तथा गृहमन्त्री समेत गुमाउनु भएका लामिछानेले उपचुनावमार्फत प्रतिनिसभामामा पुन:चितवनबाट नै निर्वाचित हुन सफल हुनुभएको हो। उहाँ दुईजनाबीचको मतान्तर ४२ हजार ९६२ रहेको छ ।