भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र भारतीय राजदूतबीच घोराही-तुलसीपुर अलपत्र ठेक्का तोड्नेबारे छ्लफल

century-mk

काठमाडौं । भारतीय निर्माण कम्पनीले जिम्मा लिएका तर लामो समय अलपत्र अबस्थामा रहेका योजनाबारे कसरी जाने भन्ने विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र भारतीय राजदूतबीच आज छलफल भएको छ ।

आइतबार मन्त्री ज्वाला र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच दाङको लमही–घोराही-तुलसीपुर सडक निर्माण अलपत्र परेपछि ठेक्का तोड्ने विषयमा समेत छ्लफल भएको मन्त्रालय संबद्ध स्रोतले जनाएको छ।

यसैगरी आज भएको भेटमा चर्चित रक्सौल काठमाडौं रेल सेवा निर्माणबारे समेत छ्लफल भएको छ । सरकारले उच्च प्राथमिकतामा राखेको यस योजनालाई प्रधानमन्त्रीको भारत भ्रमणपछि थप गृहकार्य गर्ने र अलपत्र योजना छिटो तोडेर नयाँ ढंगले निर्माण कार्यलाई तीव्रता दिने दिशामा आजको छ्लफल केन्द्रित भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले  जानकारी दिएको छ।

आज भएको भेटर्वार्तामा पठनाह–विराटनगर, न्यू जलपाइगुडी–काँकडभित्ता, जोगवेनी–विराटनगर, जयनगर–जनकपुर, नौतनवा–भैरहवा, रुपैडिया–नेपालगञ्ज क्रस बोर्डर रेल सेवाका विषयमा समेत कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ ।