काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएसंगै ७२ घण्टे अल्टिमेटम सहितको स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
आइतबार कपुरबोट मिडियाले श्रेष्ठ र मेडिकल व्यावसायि दुर्गा प्रसाईंबीच २ करोड रकम माग भएको अडियो सार्वजनिक गरेको थियो।उक्त अडियोमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्ने पक्का भएको तर त्यसका लागि पार्टीलाई २ करोड रकम बुझाउनुपर्ने भन्दै उक्त रकम चाहिएको र सहयोग गरिदिन प्रसाइलाई आग्रह गरिएको छ।
अडियो सार्वजनिक भएपछि रास्वपाले छानबिन गर्ने निर्णय गरेको छ ।अडियो सार्वजनिक संगै पार्टीले श्रेष्ठलाई तक्काल कुनै कामकाज नगर्न निर्देशन दिएको छ । रास्वपाका महामन्त्री डा. मुकुल ढकालले आइतबार एक बिज्ञप्ति जारी गर्दै सांसद श्रेष्ठलाई कारबाही प्रक्रिया थालिएको र ७२ घण्टा भित्र सत्यतथ्य जानकारी पार्टी समक्ष दिन निर्देशन दिएर श्रेष्ठलाई २४ घन्टा भित्र स्पष्टीकरण दिन निर्देशन दिइएको छ ।
यसैगरी ढाकाकुमार श्रेष्ठको सचिवालयले आइतबार एक प्रेस नोट जारी गरेर आफ्नो आवाज तोडमोड गरेर बदनाम गरेको भन्दै यो घटनामा आफु निर्दोष रहेको दाबी गरिएको छ।