काठमाडौं :
६६ औं राष्ट्रिय सहकारी दिवस देश भर बिबिध कार्यक्रम गरी सोमबार मनाइयो । नेपालको सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी महासंघले यो वर्षका लागि ‘सहकारीको दिगोपन, स्वनियम र सुशासन’ भन्ने नारा तय गरेको छ। सहकारी दिवसको अवसरमा केन्द्रीय स्तरमा काठमाडौ उपत्यकाका सहकारीकर्मीहरुले माइतिघरमा प्रदर्शन गरेका थिए ।
सहकारी क्षेत्रको बिद्यमान समस्या समाधान गर्न सरकारले चासो नदेखाएको भन्दै राजधानीका सहकारीकर्मीहरुले चर्को आक्रोस सहित विरोध समेत गरेको छन्। सहकारी क्षेत्रको समस्यामा सरकारलाई गम्भिर हुन समेत सहकारीकर्मीहरुले माग गरेका छन्।
सोमबार विहानै उपत्यकाका काठमाडौं, भक्तपुर तथा ललितपुरबाट आएको बिशाल र्याली माइतिघरमा कोणसभामा परिणत भएको थियो । कोणसभालाई राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल र उपाध्यक्ष ओमदेवी मल्लले सम्बोधन गर्नु भएको थियो । कोणसभा लाइ सम्बोधन गर्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले देशमा ७४ लाख भन्दा बढी सदस्य हरु आबद्ध भएको र सरकारले अर्थतन्त्रको तेस्रो खम्बा मानेको सहकारी क्षेत्र लाई बेवास्ता नगर्न समेत चेतावानि दिनु भयो । उहाले कर्जा सुचना केन्द्र कर्जा असुली न्यायाधिकरण सहकारी प्रबर्द्धन कोष को कार्यान्वयन को समेत जोडदार माग गर्नु भयो । सरकारले २५ लाखको बचत को सिमा तोक्न लागेकोमा घोर बिरोध रहेको र यसलाई व्यवास्ता गरेमा थप सशक्त आन्दोलन गर्ने समेत उहाले बताउनु भयो ।
कार्यक्रममा उपत्यकामा क्रियाशील राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, केन्द्रीय संघ, नेफ्सकुन, प्रदेश तथा जिल्ला संघहरु बिषयगत संघहरु, विभिन्न सहकारी सहकारी संस्थाका नेतृत्वकर्मी संचालक तथा कर्मचारी गरि करिब २० हजार भन्दा बढी सहकारी कर्मीहरुको सहभागिता रहेको थियो
त्यस्तै देश भर अन्य जिल्ला हरुमा पनि सहकारी दिवसको अवसरमा सप्ताह व्यापी रुपमा विविध कार्यक्रमहरु सम्पन्न भएका छन् धेरै जस्तो ठाउहरुमा रक्तदान सरसफाई जस्ता सामाजिक कार्यहरु भएका छन् भने कतिपय स्थानमा वित्तीय साक्षरता , अन्तरक्रिया र हाजिरिजावाफ कार्यक्रम सम्पन्न भएका छन् साता व्यापी कार्यक्रम को अन्तिम दिन चैत्र २० गते भने प्रभात फेरी गरि आ आफ्नो स्थानीय तहमा साक्षयातकार कार्यक्रम सम्पन्न भएका छन्
नेपालमा पहिलो पल्ट बि.स. २०१३ साल चैत्र २० गते चितवनको बखानपुरमा बखान ऋण समिति स्थापना भएको दिनलाई सम्झना गर्दै हरेक वर्ष यस दिनलाई राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउने गरिएको छ ।
त्यस्तै सहाकरी दिवसको पुर्व सन्ध्यामा आइतबार एक कार्यक्रममा बोल्दै सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीकर्मीले नै सहकारी बिगारेको बताउनु भएको छ ।
राष्ट्रिय सहकारी महासंघले ६६ औं सहकारी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै घिमिरेले भने, ‘सहकारीमा भयावह अवस्था सिर्जना हुन लागेको छ । सहकारी हामीले नै बिगारेका हौं । हामीले नै बनाउने हो ।’
बचतकर्ताले पैसा फिर्ता नपाएपछि आउने राज्यमै भएको बताउदै सहकारीका सदस्यको सम्पत्ति संरक्षण गर्न सरकारलाई चुनौती बढेको समेत घिमिरेले बताउनु भयो । ‘सदस्य सकभर विभाग आउन नपर्ने गरी सहकारीले काम गर्नुपर्छ । बचतकर्ता विभाग आउनु नपरोस् यदी बचतकर्ता आइहाले सरकार चुप लागेर बस्दैन’,
नागरिक अन्तिममा राज्यमै आउने भएकाले सहकारीले ऐन, कानुनले भनेका काम गर्नुपर्ने बताए । ‘बाँझाबाज, झगडा हुने स्थिति नआयोस्, सबै मिलेर सहकारीका समस्या समाधान गरौं’, घिमिरेले भने, ‘सहकारीमा अस्वस्थ प्रतिष्पर्धा, बढी ब्याजदरको लोभले समस्या आएको हो ।’
त्यसैगरी सहकारी ऐन र नियमावली बाझिएकाले कर्जा सूचना केन्द्र, बचत तथा ऋण सुरक्षण कोष आउन नसकेको समेत रजिष्ट्रार घिमिरेले बताउनु भयो ।
सरकारले गर्यो बेवास्ता
यसै बीच सरकारले सहकारी क्षेत्र लाइ सहकारी दिवसकै दिन बेवास्ता गरेको छ। सहकारी दिवसमा सरकारी तवर बाट कुनै औपचारिक कार्यक्रम नहुनु , प्रधानमन्त्री सहकारी मन्त्री र बिभाग बाट सहकारी कर्मी हरुलाइ शुभकामना संदेश पनि नदिनु ले सरकारले सहकारी क्षेत्रलाइ कति हद सम्म बेवास्ता गरेको रहेछ भन्ने पुस्टि गर्दछ । सहकारी कर्मी हरु एक दुइ घण्टा भेला भए सरकार बिरोधी चर्का नारा लगाए दुइ चार जना नेतृत्व ले भाषण गरे आक्रोश पोखे सक्काए कार्यक्रम न कुनै ठोस निर्णय भयो न कुनै सम्बोधन भयो न कुनै सरकारी आस्वासन ।