रास्वापा सभापति रवि लामिछानेद्वारा चितवन-२ मा उम्मेदवारी दर्ता

century-mk

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज उम्मेदवारी दर्ता गर्नुभएको छ।

आगामी वैशाख १० गते चितवन–२ मा हुने उपनिर्वाचनका लागि लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शोमबार बिहान आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको छ।

गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं.२ मा  निर्वाचन आयोगले पुनः निर्वाचन गर्न दिएको आदेश बमोजिम यहि आउँदो बैशाख १० उपनिर्वाचन हुन लागेको हो ।

लामिछानेसँगै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने,राप्रपाका जीवलाल पुरी, हाम्रो नेपाली पार्टीका शम्भु थापा र नागरिक उन्मुक्ति पार्टीका राजेश अधिकारी लगायतले आफ्नो उम्मेदवारी दर्ताको तयारी गर्नुभएको छ ।