सहकारी मन्त्रीमा श्रेष्ठ

century-mk

काठमाडौं । संघिय सरकारको भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीमा रञ्जिता श्रेष्ठ लाइ नियुक्त गरिएको  छ । शुक्रबार मन्त्रीपरिषद् विस्तार गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठलाई भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको जिम्मेवारी दिनु भएको हो   । कैलाली– क्षेत्र नम्बर  १ बाट प्रतिनिधिसभामा निर्वाचित भएकी श्रेष्ठ टिकापुर घटनाको मुद्दामा जेल जीवन विताइरहेका रेशम चौधरीकी श्रीमती हुनुहुन्छ  ।

तत्कालिन भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा राजेन्द्र कुमार राईले फागुन १५ गते राजिनामा दिएपछि मन्त्रालय नेतृत्व विहिन अवस्थामा थियो । सहकारीकर्मीहरुले विभिन्न मागसहित दवावमुलक कार्यक्रम गरिरहेका बेला मन्त्रालय मन्त्री विहिन हुँदा मन्त्रालयस्तरमा गर्ने निर्णयहरु समेत हुन सकेका छैनन् । नवनियुक्त मन्त्री श्रेष्ठ सामु सहकारी संघ संस्था तथा शेयर सदस्य सम्बन्धि देखिएका तमाम समस्या हरु लाइ समयमै समाधान गर्नु पर्ने चुनौती समेत रहेको छ ।

आजै प्रधानमन्त्री दाहालले कांग्रेसको सिफारिसमा चार, नेकपा एकीकृत समाजवादीका २ जना तथा आफ्नो दल माओवादी र जनता समाजवादी पार्टी जसपाबाट १-१ जनालाई मन्त्री नियुक्त  गरि आफ्नो  क्याबिनेट १७ सदस्य बनाउनु भएको हो ।