Logo
१९ मंसिर २०८१, बुधबार

मावि सिमसुन्दर दाङको ब्यवस्थापन समितिको निर्वाचनमा कांग्रेसलाई हराएर बाम गठबन्धनका उम्मेदवार बिजयी

century-mk

दाङ । जिल्लाको शान्तिनगर गाउँपालिका-२ को एक विद्यालयमा नेपाली कांग्रेसका चार उम्मेदवारलाई हराउदै निर्वाचनबाट बाम गठबन्धन (माओवादी/एमाले)को प्यानल बिजयी भएको छ।

दाङ शान्तिनगर गाउँपालिका-२ मा रहेको जनकल्याण माबि सिमसुन्दरपुरको आज सम्पन्न विद्यालय ब्यवस्थापन समितिको निर्वाचनमा खसेको जम्मा ३४४ मत गणना गर्दा को अन्तिम मत परिमाण अनुसार खुला सदस्यमा बाम गठबन्धनका उम्मेदवार   अभिभावक ढकलाल कंडेलले २०९ र बिरेन्द्र जैसिले २०९ मत ल्याएर खुला सदस्यमा निर्वाचित हुनुभएको छ।

यसैगरी महिला सदस्य तर्फ पुर्णकुमारी घर्तीले २१६ र टिका कुमारी ओलीले २१३ मत ल्याएर निर्वाचित हुनु भएको निर्वाचन अधिकृत सुमन पाण्डेले अनलाइन सन्देशलाई जानकारी दिनुभयो । पाण्डेका अनुसार आज भएको निर्वाचनमा हरिभक्त के.सीले ८८ र डम्बर बहादुर खत्रीले ९९ मत प्राप्त गर्नुभएको छ । यस्तै महिला सदस्यमा उर्वसी दहालले ९२ मत र पुस्पा थापाले ९१ मत ल्याउनु भएको निर्वाचन अधिकृत सुमन पाण्डेले बताउनु भयो ।

निर्वाचित दुई खुला पुरुष सदस्य माओवादी केन्द्र र निर्वाचित दुई महिला सदस्य नेकपा एमाले निकट अभिभावक रहेको एक स्थानीयले बताउनु भयो ।