तुलसीपुर । सम्पुर्ण व्यवसायिको सारथि बन्ने उद्घघोषका साथ तुलसीपुर चेम्बर अफ कमर्सको दोस्रो साधारणसभा सम्पन्न भएको छ । शनिबार तुलसीपुरमा एक भब्य कार्यक्रमका बिच दोश्रो साधारणसभाको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेन्द्र मल्लले गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका केन्द्रीय अध्यक्ष मल्लले दाङ पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको ठाउँ भएकोले व्यवसायिले त्यता पनि ध्यान दिनुपर्नेमा जोड दिदै भन्नुभयो ‘समग्र दाङ प्रयटन तथा धार्मिक दृष्टिकोणले निकै भरिपुर्ण छ। विश्वकै अग्लो त्रिशूल र अन्य धार्मिक तथा पर्यटकीय स्थलहरूको ख्याल गर्दै आफ्ना ब्यबसायलाई त्यतातिर जोड्नु पर्छ ।’ मल्लले तुलसीपुरमा रहको एयरपोर्टको विस्तार हुन जरूरी रहेको र त्यसका लागि आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोप बहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले कोरोनाका कारण मुलुकको अर्थतन्त्र अझै सहि बाटोमा नआउदा यस वर्ष समेत आर्थिक बृद्धि हुन निकै ग्राहो भएको बताउनु भयो।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी सुशील वैधले निजी क्षेत्रको सहकार्य बाट देशमा आर्थिक समृद्धि हुने हुँदा राज्यको नीति नियममा रहेर कार्य गर्ने व्यवसायीको सुरक्षा आफुहरुले दिने बताउनु भयो । त्यस्तै त्यस्तै चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका उपाध्यक्ष श्रीधर महराले अहिले देशको आर्थिक अवस्था निकै कम्जोर भएको भन्दै उद्योगी ब्यबसायीहरुले बैकको ब्याज तिर्न नसकेर पलायन हुने अवस्था भएको भन्दै विभिन्न कारणले आत्महत्या देखि विदेश पलाइन हुने सम्मका घटना भएको बताउदै राज्यले समयमै ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
आन्तरिक राजस्व कार्यालय तुलसीपुरका निमित प्रमुख राजेन्द्र भण्डारीले चेम्बरले यस भेगको आर्थिक,सामाजिक बिकासका का लागी निकै महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो। भण्डारीले आफुहरु राज्यको नीति नियमअनुसार व्यवसायीहरुलाई कर तिर्नका लागि पत्राचार गरेको र चैत मसान्तसम्म दिने विभिन्न छुटको लाभ लिन ब्यबसायिलाइ आग्रह गर्नुभएको थियो। तुलसीपुर उधोग बाणिज्य संघका उपाध्यक्ष रुप बहादुर खत्रीले तुलसीपुरमा रहेको एयरपोर्ट सञ्चालन भएपनि यसको विकास र विस्तार हुन नसकेको बताउदै यसतर्फ सरोकारवालाको ध्यान जान जरुरी रहेको बताउनु भयो । कार्यक्रममा नेपाल उद्योग ब्यापार सङ्गठनका अध्यक्ष घनश्याम डाँगी, नेपाल उद्योग वाणिज्य व्यवसाय महासंघ तुलसीपुरका अध्यक्ष होताराम आचार्य योग प्रशिक्षक डा.अनुप कुमार श्रेष्ठले शुभकामना मन्तब्य मार्फत साधारणसभाको सफलताको कामना गर्नुभएको थियो।
तुलसीपुर उपमहानगरपालिका वडा न ५ का अध्यक्ष बिरेन्द्र कुमार शाह, नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज प्रेमराज वली ,तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष यमकान्त भण्डारी , प्रजातान्त्रिक उद्योग व्यवसायी संघका अध्यक्ष जनक प्रसाद खराल, व्यवसायी गोकर्ण गिरी, तुलसीपुर नगर जेसीजका अध्यक्ष शालिकराम वली, गोरखा मावि तुलसीपुरका प्राचार्य विजय जिएम ,राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इन्द्र बहादुर बुढाथोकी , पतञ्जलि योग समिति तुलसीपुरका वामदेव धिताल लगायतले चेम्बरको दोस्रो साधारणसभाको सफलताको कामना गर्दै सम्पूर्ण ब्यबसायिको सारथि बन्न आग्रह गर्नुभएको थियो।
दोस्रो साधारणसभाको अवसर पारि तुलसीपुर चेम्बरले सोहि कार्यक्रममा पत्रकारिताको माध्यमबाट आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै रेडियो प्रकृति एफएमकी प्रेम कुमारी मगर,स्वास्थकर्मि बिमल केसी,ब्यबसायि लाल बहादुर डाँगी लगायत विभिन्न क्षेत्रका १४ जनालाई सम्मान गरेको थियो ।
तुलसीपुर चेम्बरका उपाध्यक्ष वेणु अधिकारीकाे धन्यवाद ज्ञापन रहेको कार्यक्रमकाे संचालन तुलसीपुर चेम्बरका महासचिव प्रेम प्रकाश गिरीले गरेका गर्नुभएको थियो । दाङका प्रहरी प्रमुख बिर बहादुर वली लगायत विभिन्न ब्यक्तीत्वको उपस्थिति रहेको उक्त कार्यक्रममा प्राकृतिक कलाकेन्द्र तुलसीपुरको बेजोड प्रस्तुति समेत रहेको र कार्यक्रममा नागरिक केयर हस्पिटल तुलसीपुरले निशुल्क स्वास्थ्य सेवा प्रदान गरेको तुलसीपुर चेम्बर अफ कमर्सका कोषाध्यक्ष सन्तोष खड्काले अनलाइन सन्देशलाई जानकारी दिनु भयो ।