दाङ। मतदाता नामावलीको विषय र मतपत्रको विषयलाई लिएर नेबिसंघले दाङ तुलसीपुरमा रहेको राप्ती बबई क्याम्पसमा तालाबन्दी गरेको छ ।
मतदाता नामावलीको फाइनल लिस्टमा फर्जी विद्यार्थीको नाम राखेको र मतपत्र छ्पाइमा समेत संगठनको नाम नै नराखेर प्रशासनले चलखेल गरेको भन्दै नेपाल विद्यार्थी संघले शनिबार क्याम्पसमा तालाबन्दी गरेको छ ।
निर्वाचन समितिले गैरजिम्मेवार ढंगले नेविसंघ र अखिल क्रान्तिकारी संगठनको मतपत्रमा नाम नै नराखेको र परिचयपत्र समेत फर्जी बनाएको पाइएपछि तालाबन्दी गरेको नेबिसंघका राप्ती बबई क्याम्पस इकाई सभापति भिमार्जन बस्नेतले अनलाइन सन्देशलाई जानकारी दिनु भयो ।
यसैगरी स्वबियु निर्बाचनको पुर्बसन्ध्यामा विद्यार्थी संगठनले राप्ती बबई क्याम्पसमा तालाबन्दी गरेकोले अर्को सुचना नआउँदासम्मको लागि भोलि हुने भनिएको मदतान स्थगित गरिएको निर्बाचन अधिकृत टेकन प्रसाद कंडेलले भनाइ रहेको छ।