दिर्घकालिन सहकारी द्वारा रक्तदान कार्यक्रम सम्पन्न

century-mk

काठमाडौं ।

काठमाडौं ३१  मिनभवन, शान्तिनगर मा अवस्थित दिर्घकालिन  बहुउद्देश्यीय सहकारी संस्था लि को आयोजना एबम नेपाल रेडक्रस सोसाइटी सतुंगल शाखाको प्राबिधिक सहयोगमा  शुक्रबार शान्तिनगरमा  बृहत  रक्तदान कार्यक्रम सम्पन्न  भएको छ ।

संस्था का अध्यक्ष्य श्याम प्रसाद पुडासैनी को अध्यक्षता सम्पन्न रक्तदान कार्यक्रममा करिब ४० जना दाता हरुले आफ्नो अमुल्य रगत दान गर्नु भएको संस्थाका सचिव एबम प्रमुख कार्यकारी अधिकृत मुरारी आचार्य ले जानकारी गराउनु भएको थियो ।

“रक्तदान गरौ जीवन बचाऔ” भन्ने मूल नारा का साथ सम्पन्न कार्यक्रम मा सहभागी हरुले रक्दान गर्न पाउदा खुसि लागेको बताएका थिय ।  एक सहभागीले भन्नु भयो ” सहकारीले पैसा उठाउने र ऋण दिने मात्र नभई यस्ता खालका सामाजिक र पुण्यका  कार्य गरेमा सहकारी हरु ले थप बिस्वास पाउने छन् ” ।  अर्का एक सहभागी ले आफ्नो आमाको अप्रेसन को क्रममा रगत अभाव हुदा धेरै दुख पाएको र रेडक्रस कै सहयोगमा रगत पाई आमालाइ बचाउन सफल भएको प्रेरणाले गर्दा आफुले  समय समय मा रक्तदान गर्दै आएको  बताउनु भयो । अर्का एक जना सहभागीले आफुले अहिले सम्म १७ औ पल्ट रक्तदान गरेको र हरेक पल्ट को रक्तदान ले आफुलाई थप उर्जा मिल्ने बताउनु भयो । ” अहिले सम्म मैले १७ पल्ट रक्तदान गरे प्रत्यक पल्ट रक्दान गर्दा  अर्को एक जनाले नया जीवन पाएको मा आफुलाई थप उर्जावान भएको महशुस गर्दछु । “

 

कार्यक्रम लाइ उद्घाटन गर्दै संस्थाका अध्यक्ष्य श्याम प्रसाद पुडासैनीले अहिलेको  परिस्थितिमा  केहि रचनात्मक र समाजीक कार्य गरौ भन्ने  भावले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो  ।        ” सस्थाहरुले आर्थिक संकट को मार खेपी रहेको बेला केहि रचनात्मक र समाजीक कार्य गरौ ता कि  रगत अभाव भएर कोहि पनि व्यक्तिले  अकालमा ज्यान गुमाउन नपरोस भन्ने   भाव आयो र यस बर्सको बार्षिक कार्य योजना अनुरुप नै कार्यक्रम गरिएको  हो ” उहाले थप्नु  भयो । एक प्रश्न को जवाफमा उहाले भन्नु भयो ” अहिले केहि सहकारीमा आर्थिक समस्या देखा परेको भए ता पनि हाम्रो  दिर्घकालिन बहुउद्देश्यीय सहकारी संस्थामा कुनै पनि आर्थिक संकट परेको छैन । नियमित रुपमा बचत संकलन , बचत फिर्ता ऋण लगानी र असुली भैराखेको छ हाम्रा शेयर सदस्य हरु ढुक्क संग कारोबार गरिराख्नु भएको छ  र त्यसको लागि हामि उहाहरु प्रति आभारी छौ । ”

संस्थाकी लेखा संयोजक सन्ध्या सुवेदीले   “संस्थाले  ईन्नोभेटिव सोलुसन एण्ड रिसर्च सेन्टर संगको सहकार्यमा संस्थाको आन्तरिक सुशासन , स्व नियमन,  बार्षिक कार्ययोजना तथा बजेट तर्जुमा गरि  संचालक तथा कर्मचारी हरुलाई समय समयमा  बिभिन्न तालिम हरु दिदै आइरहेको” जानकारी समेत दिनु भयो  ।

 

कार्यक्रममा सस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समिति विभिन्न उपसमितिहरु कर्मचारी  शेयर सदस्य तथा शुभचिन्तक गरि ५० बढीले को सहभागिता रहेको थियो ।