Logo
७ मंसिर २०८१, शुक्रबार

शान्तीनगरमा एन.एम.बि. लघुबित्तको बित्तीय साक्षरता कार्यक्रम सप्पन्न

century-mk

दाङ।एनमबि लघुबित्त संस्था लिमिटेडले दाङको शान्तीनगर गाउँपालिका वार्ड न ५, रगैचामा उद्धमशिलता बिकास तथा बित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम गरेको छ । बित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पान्डेको अध्यक्षता तथा शान्तीनगर गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष ओपेन्द्र रावतको प्रमुख आतिथ्यतामा कार्यक्रम भयको हो ।

कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृतले लघुबित्त संस्था बिपन्न तथा बैंकिङ पहुचबाट बन्चित नागरिकहरुको साथीको रुपमा रहेको दाबी गर्नु भयो । येसै गरि पान्डेले पैसाको सहि सदुपयोगबाट अकस्मात आइपर्न सक्ने बित्तीय चुनौतिहरुलाइ निराकरण गर्न सकिने बताउनुका साथै संस्थाबाट सापटि लगेको कर्जाको सहि सदुपयोग गर्न पनि आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथी रावतले गरिबी निवारण गर्न राज्यको दायित्व रहेको र येसै उदेश्यका साथ लघुबित्त पनि लगिपरेकोले दुबैको लक्ष्य एक रहेकाले लघुबित्त संस्थालाई किसानमैत्री कर्जाका प्रकारहरु ल्याउन सुझाब दिनुभयो साथै कर्जा लगानि गर्दा प्रयोजन हेरि मात्र रिण लगानी गर्न सुझाउनु भयो । तेसैगरि किसानहरुलाइ पनि कर्जाको सहि सदुपयोग गरि उद्यमसिलतामा आउन जोड दिनु भयो । उहाँले सरकारले दिने अनुदान र बिमाको बारेमा पनि प्रकाश पार्दै आफू सदैब जनताको बिचमा रहने भयकोले तेस्ता प्रकारका उद्यम गरेमा अनुदान लगायतका सरकारले दिने सुबिधामा राज्यको तर्फबाट आफ्नो पुर्ण सहयोग रहने बताउनुभयो।

उक्त कार्यक्रममा गाउँपालिका कृषि तथा पशु अधिकृत देबराज आचार्यले बाख्रा पालन सम्बन्धी प्राबिधिक ज्ञान र सिपको बारेमा उपस्तिथि किसानहरुलाई प्रष्ट पार्नु भयको थियो।
संस्थाका लुम्बिनी प्रदेश प्रमुख लन्क बहादुर बमको स्वागत मन्तब्यबाट सुरु भयको कार्यक्रमा बचत कसरी गर्ने, किन गर्ने र घरमा बजेट कसरी तयार पार्ने बारेमा संस्थाका बचत तथा केन्द्र ब्यबस्थापन प्रमुख प्रेम प्रसाद सुबेदीले बताउनु भयको थियो ।

 

त्यसैगरि कर्जाको उपयोगिता तथा कर्जा लिदा र प्रयोग गर्दा के कस्ता कुरामा ध्यान दिनुपर्छ भन्ने बारेमा संस्थाका कर्जा बिभाग प्रमुख कमल पोख्रेलले प्रष्ट पार्नु भयको थियो । कार्यक्रमको सहजिकरण संस्थाका बचत तथा केन्द्र ब्यबस्थापन बिभाग प्रमुख प्रेम प्रसाद सुबेदिले गर्नु भयको थियो ।