राष्ट्रपतिमा कांग्रेस उमेदवार गरेर रामचन्द्र पौडेल विजयी

century-mk

काठमाडौं।राष्ट्रपतिमा कांग्रेस उमेदवार रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ। केहिबेर अघि सम्पन्न निर्वाचनमा ३३८०२ मतभार प्राप्त गरेर  पौडेल निर्वाचित हुनुभएको हो।

यसअघि नै पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा मत दिने निर्णय गरेका थिए।

बिहीबार आज संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित हुनुभएको हो।पौडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको ३३८०२ ल्याएर नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ।यसैगरी पौडेलका निकटतम प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत पाउनु भएको छ भने पाँच मत बदर भएको निर्वाचन आयोगले जनाएको छ। तस्वीर :प्रदीपराज वन्त (रासस)