काठमाडौं
सहकारी विभागका रजिस्ट्रार नमराज घिमिरेले सहकारीमा समस्या आउनुको ५० प्रतिशत दोषी संस्थाका प्रमुख कार्यकारीहरु अधिकृत (सीईओ) हरु भएको आरोप लगाउनु भएको छ । बुधबार नेपाल बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कुन) ले आयोजना गरेको बचत तथा ऋण सहकारी संस्था हरुका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय सम्मेलनमा उद्उघाटन मन्तव्य दिदै ‘व्यवस्थापक हरुले कानुनको पालना सही रुपमा नगर्नु’ समस्या भएको बताउनु भएको हो ।
‘विभाग खराब भयो भने मेरो जिम्मेवारी हुन्छ, मैले गलत गरेपछि मभन्दा तलका साथीले गलत गर्छन्, सीईओ पनि त्यस्तै हो, तपाईंहरुले गलत गरे तलका कर्मचारीले पनि राम्रो गर्दैनन् त्यसको जिम्मेवारी तपाईंहरुले लिनुपर्छ’ उहाले भन्नु भयो ।
घिमिरेले सीईओहरुलाई ऐन कानुन, सहकारीको विनियम हुबहु पालना गर्न समेत आग्रह गर्दै सहकारी अभियान बिग्रिदा सञ्चालकभन्दा पनि सीईओ समस्यामा पर्ने बताउनु भयो । बचतकर्ताको बचत जोगाउनका लागि आफ्नो क्षमता प्रदर्शन गर्न समेत सीईओहरुलाई आग्रह गर्नु भयो ।
‘अहिले सहकारीको बदनाम गराउने हाबी बनेका छन् । सदस्यले सीईओ चिनेका छैनन्, सन्चालक चिनेका छैनन’, उनले भने, ‘बजार प्रतिनिधि चिनेको भरमा बचत राख्छन्, त्यो पैसा संस्थाले सदस्यमा लगानी गरेन, अन्यत्र लगानी गर्दा समस्या भयो ।’ सहकारीहरुको नाममा अन्य काम गर्दा समस्या आएको भन्दै उहाले सहकारी संस्थाहरु सहकारीकै मर्म अनुसार संस्थाहरु चल्नुपर्नेमा जोड दिनु भयो । बुधबार देखि सुरु भएको सम्मेलन २ दिन सम्म चल्ने र सम्मेलनमा देश भर बाट ४०० बढी सहकारी संस्थाका व्यवस्थापन प्रमुख हरुको सहभागिता रहेको नेफ्स्कुनले जनाएको छ ।