तुलसीपुर चेम्बर अफ कमर्सको होली मिलन कार्यक्रम(तस्वीर सहित) 

century-mk

दाङ।रंगहरुको पर्व होलीको अबसरमा तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा होलि मिलन कार्यक्रम गरिएको छ।

प्रत्येक वर्षको फागुन शुक्लपुर्णिमा अर्थात होली पूर्णिमाको दिन पारेर व्यावसायिक एकतालाई जोड दिदै कार्यक्रम गर्दै आइरहेको तुलसीपुर चेम्बरले यसबर्ष पनि तुलसीपुरमा होलि मिलन कार्यक्रम गरेको हो।

मंगलबार आज तुलसीपुरमा रहेको चेम्बर अफ कमर्सको कार्यालयमा संस्थाका अध्यक्ष टोप बहादुर घर्तीको अध्यक्षता एबम राप्ती बबई बहुमुखी क्याम्पस संचालक समिति उपाध्यक्ष मिनराज वलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपस्थित हुनुभएका सम्पुर्ण ब्यक्तित्वले एक अर्कामाथि विभिन्न प्रकारका रंगहरु हालेर/दलेर खुसी साट्दै ब्यवसायिक एकतालाई जोड दिनु भएको थियो।

यस्तै डा.बिनोद राना,इन्जिनियर सुदिप डाँगी,चेम्बरका कोषाध्यक्ष सन्तोष  खड्का लगायत थुप्रै ब्यक्तित्वको उपस्थित रहेको उक्त कार्यक्रमलाई ऋषिराज भण्डारीले धन्यवाद व्यक्त गर्नुभएको थियो । सोही कार्यक्रममा दाङ निवासी लोकप्रिय कलाकार तथा संचारकर्मि प्रेम बिवश घर्तीले आफ्नो सांगेतिक प्रस्तुति मार्फत  रंगसँग खेल्दै माहोललाई थप उत्साहीत बनाउनु भएको थियोे ।

पदाधिकारी सहित तुलसीपुरका विभिन्न स्थानमा होली सेलिब्रेसन कार्यक्रमको संचालन तुलसीपुर चेम्बर अफ कमर्सका महासचिव प्रेम प्रकाश गिरीले गर्नुभएको थियो।