Logo
७ मंसिर २०८१, शुक्रबार

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति लुम्बिनीको अध्यक्षमा रुद्रमणी पौडेल चयन

century-mk

फागुन।नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति लुम्बिनी प्रदेशको अध्यक्षमा दाङका रुद्रमणी पौडेल चयन हुनुभएको छ ।

शनिबार लुम्बिनी प्रदेश राप्ती उपत्यका देउखुरीमा सम्पन्न  संगठनको दोस्रो अधिवेशनबाट पौडेल अध्यक्षमा चयन हुनुभएको हो । संगठनको प्रदेश उपाध्यक्षमा भोजबहादुर रावल (बाँके) र रोल्पाका विकास बिक्रम आले मगर चयन हुनुभएको छ ।

यस्तै सचिवमा रुपन्देहीका नारायण भट्टाराई, सहसचिवमा दाङका दामोदर आचार्य, कोषाध्यक्षमा बर्दियाका गणेश बहादुर बोहरा, सह-कोषाध्यक्षमा दाङका माधव प्रसाद पोखरेल चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा रोल्पाका ओविलाल थापा, प्युठानका लाल बहादुर वली, अर्घाखाँचीका माधव भुषाल र अजयकुमार यादव, रुपन्देहीका केशब अर्याल, प्युठानका लालबहादुर कार्की चयन हुनुभएको छ ।

यस्तै कपिलवस्तुका गणेश एरी र बालकृष्ण बरई,बर्दियाका कर्मठ बुढाथापा, नवलपरासी पश्चिमबाट खेममान ढकाल, बाँकेका इन्द्र केसी चयन हुनुभएको हो ।

रुकुमपूर्व , पाल्पा र गुल्मीमा पछि थप्ने गरी नयाँ कार्यसमिति गठन गरिएको कार्यदल संयोजक शान्तराज गौतमले अनलाइन सन्देशलाई बताउनु भयो ।