Logo
१७ मंसिर २०८१, सोमबार

नेपालमा हुने अन्तर्राष्ट्रिय फिल्म फेस्टिभललाई सघाउन सरकार तयार छ : प्रधानमन्त्री प्रचण्ड

century-mk

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फिल्म फेस्टिभललाई सघाउन सरकार तयार रहेको बताउनु भएको छ।

बुधबार नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का प्रतिनिधिहरुलाई बालुवाटारमा भेट्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा धेरैभन्दा धेरै फिल्म महोत्सव आयोजना हुँदा राम्रो हुने बताउदै यसले फिल्म पर्यटनको विकास समेत हुने बताउनु भयो।

आफुहरु संगको भेटमा प्रधानमन्त्री प्रचण्डले फिल्म फेस्टिभललाई सघाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको कलाकर्मि भिम मल्ल कुमाखीले  जानकारी दिनुभयो । ‘प्रधानमन्त्री प्रचण्डले फिल्म महोत्सवको महत्वबारे चर्चा गर्दै यहि चैत ६ देखी काठमाडौंमा हुन लागेको महोत्सवलाइ सरकारको तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो,’ कुमाखीले अनलाइनसन्देश सँग बताउनु भयो।

त्यस अवसरमा निफ टोली संयोजक केपी पाठक सहितको टोलीले यहि चैत २ देखि ६ गतेसम्म काठमाडौंमा ‘विश्वभरका कथाहरुको उत्सव’ नारासहित हुन गइरहेको फिल्म महोत्सवको लागी प्रधानमन्त्री प्रचण्डलाई कार्यक्रमको प्रमुख अतिथिको निम्तो समेत दिएको थियो ।

काठमाडौं उपत्यकामा रहेका क्यूएफएक्सका सिनेमा हलहरुमा आयोजना हुँने उक्त फिम्म महोत्सवमा ३५ देशका झन्डै ९६ फिल्म प्रदर्शन हुँने आयोजक नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)    ले जनाएको छ।