Logo
२७ भाद्र २०८१, बिहीबार

नयाँ दिल्लीबाट काठमाडौं हिँडेका ७ साइकल यात्रीलाई दाङमा स्वागत

century-mk

दाङ । छिमेकी मुलुक भारतको दिल्ली बाट नेपालको राजधानी काठमाडौ निस्कनुभएका ७ जना साइकल यात्री आज बुधबार दाङको अमिलिया आइपुग्नु भएको छ।

भारतको राजधानी दिल्लीबाट काठमाडौं सम्मको झन्डै १०४४ किलोमीटरको दुरि पार गर्ने लक्ष सहित  साइकल यात्रामा हिंडेको ७ जना साइकल यात्रीको टोली आज दाङको अमेलिया आइपुगेको हो। दाङमा आएको उक्त भारतीय साइकल यात्रीको टोलीलाई दाङको अमेलियामा तुलसीपुर साइक्लिङ क्लबले भब्य स्वागत गरेको क्लबका अध्यक्ष रेश्मिराज अधिकारीले जानकारी दिनुभयो ।

भारतीय साइकल यात्री भ्रमणको आयोजक द पेडलर्स का रभिन्दर सिह ओभरायले आफुहरुले गर्ने यात्राको मुख्य उदेश्य भनेकै भारत अनि नेपाल बीचको सम्बन्धलाई थप प्रगाढ बनाउनु रहेको र आफुहरुले तय गरेको साइकलयात्रा लाई नेपालमा गरिएको सम्मानले आफुहरु थप उत्साहीत बनेको बताउनुभयो ।

२० फेब्रुअरीमा दिल्ली स्थित इन्डिया गेटबाट सुरु भएको साइकल यात्रा २५ फेब्रुअरी मा नेपालको राजधानी काठमाडौ पुगेर सम्पन्न हुनेछ । यात्रामा रहनुभएका जसप्रीत सिँहका अनुसार यो साइकल यात्राको टिम एम्बेसडरका रूपमा कनवर गिल रहनु भएको छ भने अन्य सहभागीमा मेघा जैन, विनिता शर्मा, डाक्टर मुस्तफा, डाक्टर राहुल ,आसिफ मल्वासी र रबिन्दर कुमार सिँह हुनुहुन्छ।