ओजोन बहुउद्देश्यीय सहकारी संस्था को अर्ध वार्षिक समिक्ष गोष्ठी तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

century-mk

भक्तपुर 

भक्तपुरको सुर्यविनायक नगरपालिका ९  पलासे स्थित ओजोन बहुउद्देश्यीय सहकारी लि ले आर्थिक वर्ष २०७९-०८० को अर्ध वार्षिक समिक्षा गोष्ठी आइतबार सम्पन्न गरेको छ । संस्थाकि अध्यक्ष अनिता महत को अध्यक्षता एबम सुर्यविनायक नगर पालिका का सहकारी शाखा प्रमुख राजेन्द्र श्रेष्ठ को प्रमुख आतिथ्यता तथा इनोभेटिभ सोलुसन एण्ड रिसर्च सेन्टरका लेखा प्रमुख वेद प्रसाद भट्टराईको बिशिस्ट आतिथ्यतामा  मा सम्पन्न गोष्ठीमा संस्थाको चालु आर्थिक वर्षको  माघ  महिना सम्मको प्रगति समिक्षा गरिएको थियो ।

गोष्ठीमा प्रमुख अतिथिको भूमिकामा बोल्दै सहकारी शाखा प्रमुख राजेन्द्र श्रेष्ठले सहकारीहरु  सिद्धान्तमा चल्नु पर्ने बताउनु भयो । सहकारीमा सदस्यहरु समान रहने भएकोले सहकारीका  सेवा तथा कार्यक्रम हरु समान रुपले पाउनु पर्ने बताउनु भयो । अहिलेको अवस्थामा सहकारी हरु बडो संयमित ढंगले चल्नु पर्ने भन्दै सहकारीका सिद्धान्त र राज्य ले बेला बेला जारि गर्ने  नीति  निर्देशिका मा चल्नु पर्ने बताउनु भयो । सुर्यविनायक नगर पालिका ले आफ्नो सहकारी  ऐन  नियमावली बनाइ सकेकोले तय क्षेत्रमा संचालित सहकारी हरुले सूर्यविनायक नगर पालिकामा नितामित रुपमा आफ्नो वित्तीय प्रतिबेदन हरु कोपोमिस पद्धति मार्फत बुझाउन अनुरोध गर्दछु ” उहाले थप्नु भयो ।

संस्थाको पनि सरकारको जस्तै व्यबस्थापिका , कार्यपालिका र न्यापालिका हुने भएकोले सबै जिम्मेवार व्यक्तिहरु आ आफ्नो जिम्मेवारी बहन गरेमा संस्थामा असहज बातावरण न आउने बताउनु भयो ।  सुर्यविनायक नगरपालिका ले अब आफ्नो कार्यक्षेत्र भित्रका सहकारी हरुको नियमित निरीक्षण समेत गर्ने उहाले बताउनु भयो । ३३००० भन्दा बढी सहकारी भएको क्षेत्रमा एक दुइ सय सहकारी अप्ठ्यारोमा पर्दैमा समग्र  सहकारी क्षेत्र अप्ठ्यारो नपर्ने र सहकारीमा अप्ठ्यारो पार्ने सदस्यले नै भएकोले डराएर सहकारीमा एकै पल्ट आफ्नो शेयर बचत झिक्न नजान समेत अनुरोध गर्नु भयो । सुर्यविनायक नगरपालिका को बिशेस सक्रियतामा बिगत ३ वर्ष देखि  बन्द प्राय रहेको  हितैसी बचत तथा ऋण सहकारी संस्था को  बिशेस साधारण सभा गराई संस्था यहि फाल्गुन २ गते देखि पुनः संचालन मा आएको पनि उहाले बताउनु भयो ।

कार्यक्रममा आफ्नो  प्रसुस्तीकरण गर्दै इनोभेटिभ सोलुसन एण्ड रिसर्च सेन्टरका लेखा प्रमुख वेद प्रसाद भट्टराईले संस्थाको हाल सम्मको वित्तीय अवस्था को एथार्थ  चित्रण गर्दै संस्थाले आगामी ५ महिनामा आफ्नो लक्ष्य प्राप्ति का लागि गर्नु पर्ने रणनीतिको तर्जुमा गर्नु भएको थियो । संस्थाले कर्मचारी र संचालक हरुको बार्षिक कार्यसम्पादन मुल्यांकन गर्नुपर्नेमा जोड दिनु भयो ।  संस्थाले गत श्रावनमा तर्जुमा गरेको वार्षिक बजेट तथा कार्यक्रम  र सोको ७ महिना सम्मको प्रगति समिक्षा गरेको हो । संस्थाले चालु आर्थिक वर्षको  ७  महिनामा अधिकांश लक्ष्य हरु  प्राप्ति गरि सकेको प्रस्तुत गरिएका सूचकहरूले  बताउछन  र बाकि  लक्ष्यहरु पनि सदस्य हरुको सक्रिय  सहभागितामा पुरा गर्ने संस्थाको आगामी रणनीति बनेको छ ।

सोहि कार्यक्रममा संस्थाको  गत पुष २ गते सम्पन्न साधारण सभा   बाट निर्बाचित संचालक समिति तथा लेखा सुपरिबेक्षण समितिका  पदाधिकारी हरु लाइ प्रमाणपत्र वितरण गरिएको थियो  र कर्मचारी हरु लाइ परिमार्जित कार्य लक्ष्य सहितको कार्य बिवरण उपलब्ध गराइएको थियो ।  कार्यक्रम मा संस्थाको वित्तीय प्रतिवेदन हरु संस्थाकी अध्यक्ष्य अनिता महतले प्रस्तुति गर्नु भएको थियो । संस्थामा ७४० जना शेयर सदस्य रहेको र एक करोड ८३ लाख ३५ हजार ३८२ रुपैया पचपन्न पैसा को वासलात रहेको छ ।

संस्थाका उपाध्यक्ष चिरन थापाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सहजीकरण संस्थाकी सचिव पार्वती थापा मगर ले गर्नु भएको थियो भने गोष्ठीमा  संचालक समिति लेखा समिति र कर्मचारी हरु गरि १७ जनाको सहभागिता रहेको थियो ।