माओवादी केन्द्र तुलसीपुरले दीप प्रज्वलन गरि मनायो २८ औं जनयुद्ध दिवस

century-mk

तुलसीपुर । नेकपा माओवादी केन्द्र तुलसीपुर नगर कमिटीले सोमबार साँझ तुलसीपुरमा दीप प्रज्वलन गरि २८औं जनयुद्ध दिवस मनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार शेशुराम भण्डारीले जनयुद्धमा ज्यान गुमाउने सहिदहरुप्रति हार्दिक श्रद्वासुमन व्यक्त गर्दै जनयुद्धको क्रममा घाईते, वेपत्ता भएका परिवारप्रति सम्झना अर्पण गर्नुभएको थियो।

यस्तै कार्यक्रममा नेपाल उधोग ब्यापार महासंघका केन्द्रीय सदस्य मिनराज भण्डारी,पुर्ब जनमुक्ति सेनाका कमान्डर प्रभात वली, भिम बहादुर केसी, अनुपम खड्का,युवा नेता दुर्गा शर्मा,अखिल क्रान्तिकारीको दाङ जिल्ला इन्चार्ज बिन्दु खड्का, लगायत अन्य नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण नगर कमिटी उपाध्यक्ष मोहन थापाले गर्नुभएको थियो।

यसैगरी २८ औं जनयुद्ध दिवशको उपलक्ष्यमा सोमबार (आज) बिहान तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा सरसफाइ र अस्पतालमा रहेका बिरामिलाई फलफुल वितरण गरिएको थियो।