एकीकृत अखिल नेपाल शिक्षक संगठन दाङको अध्यक्षमा झक्कु खत्री चयन

century-mk

दाङ । एकीकृत अखिल नेपाल शिक्षक संगठन दाङको अध्यक्षमा झक्कु खत्री चयन हुनुभएको छ।

शनिबार सम्पन्न दाङ जिल्लाको नवौं जिल्ला अधिवेशनले खत्रीको अध्यक्षतामा २९ सदस्यीय दाङ जिल्ला समन्वय समिति गठन गरिएको हो। जसको उपाध्यक्षमा विष्णु भण्डारी, सचिवमा शिवनारायण चौधरी र कोषाध्यक्षमा छमा पराजुली लगायत अन्य सदस्य सर्बसम्मत चयन हुनुनुभएको हो।

संगठनका जिल्ला अध्यक्ष हुकुमबहादुर बुढाथोकीको अध्यक्षता, सूचना सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यता, संगठनका केन्द्रीय महासचिव निमबहादुर के.सी ,माओवादी केन्द्रका पोलिटब्यूरो सदस्यद्वय निर्मल आचार्य र हेमराज शर्मा डाइमण्डको विशिष्ट आतिथ्यतामा अधिबेशन सम्पन्न भएको थियो।

यसैगरी संगठनका केन्द्रीय सचिवद्वय यमप्रसाद अधिकारी र गणेशप्रसाद रिजाल तथा केन्दीय सदस्य जानकी सुनार र ज्योति चौधरी, प्रदेशका अर्थ उपमहासचिव माधव महरा, नेपाल शिक्षक महासंघ लुम्बिनी प्रदेशका उपमहासचिव विष्णुप्रसाद खनाल प्रदेश सदस्यरुको सहभागीता रहेको थियो।अधिवेशनमा सहजीकरणको भूमिका केन्द्रीय सल्लाहकार मस्तबहादुर श्रेष्ठ , संगठनका केन्द्रीय सदस्य मोहनलाल वली, प्रदेश अध्यक्ष यमप्रसाद अधिकारी तथा शिक्षक महासंघका दाङ जिल्ला सहअध्यक्ष रामप्रसाद जैसीले गर्नुभएको थियो।यस्तै कार्यक्रमको संञ्चालन संगठनका जिल्ल सचिव जितबहादुर वि.क ले गर्नुभएको थियो ।