तुलसीपुर उद्योग वाणिज्य संघको २८ औँ वार्षिक साधारण सभा सम्पन्न

century-mk

दाङ । तुलसीपुर उद्योग वाणिज्य संघको २८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। वार्षिक साधारण सभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुभएको थियो ।

शनिबार तुलसीपुर उद्योग वाणिज्य संघको भवन तुलसीपुरमा भएको संघको साधारणसभालाई सम्बोधन गर्दै ढकालले उद्योगी व्यवसायी र आफु पनि कुनै बैंकको अध्यक्ष भएकै कारण बैंकको व्याजदर घटबढ भएको हो कि भन्ने गुनासो आफुले सुने पनि त्यो सहि नभएको रहेको बताउनुभयो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका ढकालले नीजि क्षेत्रको नेतृत्व गरेको हुँदा आफु सधैँ नीजि क्षेत्रलाई फाइदा हुने गरि काम गर्न लागिरहेको बताउनुभयो । पछिल्लो समय बैंकिङ क्षेत्रले अत्यधिक ब्याजदर बढाउदाँ आफु लगायत आम उद्योगी व्यवसायीहरु त्यसको मार खेपिरहेको बताउनुभयो ।

कार्यक्रममा ढकालले दाङको एकमात्र टरिगाउँ बिमानस्थलको स्तरउन्नति हुन नसक्दा आफु नेपालगञ्जबाट तुलसीपुर आउनुपरेको र कार्यक्रम नसकिदै जानुपर्ने बाध्यता आइलागेको बताउँदै ७२ सिटे जहाज बसाउनका लागि आफुले समेत सकेको  पहल गर्ने बताउनु भयो ।नेपाल उद्योग बाणिज्य महासघं लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले व्यवसाय गरिराखेका व्यवसायीहरुलाई विस्थापित हुन नदिन आफुले राष्ट्र बैंकको गर्भनरसगं भेटेर छलफल गरेको बताउनुभयो ।

कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी सुशिल बैद्यले ब्यबसायिको सुरक्षा ब्यबस्था राज्यले गर्ने भएकोले ढुक्कसँग आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख टीकाराम चौलागाईंले देशको विकासमा निजि क्षेत्रको समेत योगदान रहेको र राज्यले व्यावसायिलाई दिएका विभिन्न कर छुट सुबिधा समयमै लिन ब्यबसायिलाई आग्रह गर्नुभयो ।

संघको २८ औँ वार्षिक साधारण सभामा बोल्दै मानव अधिकार तथा शान्ति समाज दाङका अध्यक्ष नवीन कुमार पोख्रेल, राप्ती बबई क्याम्पसका अध्यक्ष बिष्णुकुमार देबकोटा, नेपाली काग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल, नेकपा एमालेका नगर अध्यक्ष माधब वली, जनता समाजबादी पार्टीका टोप बहादुर महतरा लगाएतले साधारणसभाको सफलताको कामना गर्दै साना ब्यबसायिका पिर मर्कालाई तुलसीपुर उद्योग वाणिज्य संघले सहजीकरणको भुमिका निभाउनुपर्नेमा जोड दिन आग्रह गर्नुभएको थियो ।

सोही कार्यक्रममा तुलसीपुको बसपार्क क्षेत्रमा सरसफाई गर्दै आउनुभएका सरसफाई अभियान्ता तथा तुलसीपुर उद्योग वाणिज्य संघ साधारण सदस्य निम बहादुर बुढाथोकीलाई सम्मान समेत गरिएको थियो ।यसैगरी राप्ती बबई बहुमुखी क्याम्पस तुलसीपुरमा व्यवस्थापन संकाय प्लटुमा उत्कृष्ट हुने छात्र/छात्रा र बिबिएस तर्फ उत्कृष्ट हुनुभएका छात्र/छात्रालाई सम्मान एवं पुरस्कृत गरिएको छ ।

यस्तै आजै सम्पन्न भएको संघको साधारणसभाको बन्दसत्रले संघका महासचिव बिनिल केसीले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष देव बहादुर के.सी.ले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सहभागीको सुझावलाई समेट्दै पारित भएको तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष रुप बहादुर खत्रीले जानकारी दिनुभयो । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा सघंका बरिस्ठ उपाध्यक्ष मिनराज भण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको संञ्चालन संघका महासचिव बिनिल के.सी.ले गर्नुभएको थियो ।