Logo
१२ मंसिर २०८१, बुधबार

वित्तीय संस्थाहरुले कर्जा असुलीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दा ऋणीको फोटो प्रकाशित गर्न नपाइने

century-mk

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा असुलीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दाे ऋणीको फोटो प्रकाशित नगर्न निर्देशन दिएको छ । विहिबार एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन गर्दै राष्ट्र बैंकले ‘कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्विर प्रकाशन गर्न पाईने छैन’ भन्ने उल्लेख गरेको छ ।

हालसम्म बैंकहरुले कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतित भई शंकास्पद वर्गमा वर्गीकरण भएपछि असुलीको प्रक्रिया सुरु गर्न पाउने व्यवस्था थियो । जसअनुसार बैंकहरुले सार्वजनिक सूचना जारी गर्दै ऋणी र जमानीको तिनपुस्ते विवरण सार्वजनिक गर्दै आएका छन् ।

 

ऋण असुली तथा धितो लिलामीको सूचनामा व्यक्तिको तस्विर सहितको विवरण प्रकाशित गर्दा ऋणीहरुको सार्वजनिक प्रतिष्ठामा असर गर्ने र यसले मनोवैज्ञानिक असर समेत पर्ने भन्दै केन्द्रीय बैंकले यसलाई निषेश गरेको जनाएको छ ।

 

राष्ट्र बैंकले यस्ता सूचनामा प्राकृतिक व्यक्तिको फोटो प्रकाशित गर्न नपाउने व्यवस्था गरेपछि सहकारीमा के होला भन्ने उत्सुकता भएको छ ।

संघिय सहकारी विभागका एक उच्च अधिकारीका अनुसार धितो लिलामीबारे सहकारीका ऐन कानुनमा केहि उल्लेख नभएकाले केन्द्रीय बैंकले गरेको प्रावधान सहकारीमा पनि लागू हुने बताउछन् । ‘सहकारीहरुले पनि बैंकहरुको सिको गर्दै ऋण असुलीको प्रक्रिया अबलम्बन गर्दै आएका थिए’ विभागका एक उच्च अधिकारीले भने, ‘अब राष्ट्र बैंकले नै निषेश गरेपछि सहकारीहरुले पनि त्यो प्रावधान कार्यान्वयन गर्नुपर्छ ।’ यसबारेमा आवश्यक्ताका आधारमा विभागले निर्देशन जारी गर्ने उनले बताए ।

ऋण असुली तथा धितो लिलामीको सूचनामा व्यक्तिको तस्विर सहितको विवरण प्रकाशित गर्दा ऋणीहरुको सार्वजनिक प्रतिष्ठामा असर गर्ने र यसले मनोवैज्ञानिक असर समेत पर्ने भन्दै केन्द्रीय बैंकले यसलाई निषेश गरेको जनाएको छ ।