आजदेखी दंगीशरणको सलौरामा श्रीमद भागबत ज्ञान महायज्ञ शुरु

century-mk

दाङ। दाङको दंगीशरण गाउँपालिका-५,सलौरामा श्रीमद भागबत ज्ञान महायज्ञ आज देखी शुरुभएको छ।

सलौरामा रहेको बाल गोपाल मन्दिरमा रास्ट्रशान्ती ,बैदिकसनातन धर्मजागरण ,पितृ उद्दार तथा आत्मकल्याणका लागी श्रीमद भागबत सप्ताह ज्ञानमहायज्ञको आयोजना गरीएको बाल गोपाल मन्दिर सलौराका अध्यक्ष डिल्लीराज आचार्यले जानकारी दिनुभयो। इतीहासको रुपमा रहेको बाल गोपाल मन्दिरको अस्तीत्व संरक्षण र सम्बर्द्धन गर्न र बैदिक सनातन धर्म प्रती सबैको ध्यान प्रेरीत गर्न महायज्ञको आयोजना गरीएको बताउनु भयो ।

माघ २६ गते देखी आयोजना गरीएको महायज्ञ फाल्गुन ३ गते सम्म चल्ने मन्दिर ब्यबस्थापन समितीले जनाएको छ ।महायज्ञको प्रमुख बाचकको रुपमा श्री वेङ्क्टेश लक्ष्मिनारायण मन्दिर रजौरा दाङका उत्तराधिकारी बाल्ब्रहमचारी युबा बसन्त केशबाचार्य सुर्यपाकि रहनुभएको समितीले जनाएको छ ।महायज्ञ सफल पार्न र कथा श्रबण गर्न सबैमा उपस्थितिको लागी समितीले आग्रह गरेको छ ।