Logo
७ मंसिर २०८१, शुक्रबार

अत्याधिक धुलो उडेको भन्दै स्थानीयद्वारा घोराही–तुलसीपुर सडक २ घन्टा चक्काजाम

century-mk

तुलसीपुर । घोराही–तुलसीपुर चारलेन निर्माण कार्य अस्त ब्यस्त बनेको र जथाभावी धुलो उडेको भन्दै तुलसीपुरको हात्तीखौवामा आज बिहान साढे १० बजेदेखि १२:३० सम्म सडक चक्काजाम गरिएको छ।

स्थानीय शिव भण्डारीका अनुसार काम गर्ने क्रममा नाक मुखमा धुलो पस्ने, घर वरिपरि धुलै–धुलो हुने, बिहान सफा गरेको छत साँझमा धुलै धुलोले भरिने समस्या दिनानुदिन बढेकोले आफुहरु बाध्य भएर सडक जाम गर्ने अवस्थामा पुगेको बताउनु भयो।

घर बाहिर निस्कदा समेत शरिरमा धुलै–धुलो, मुखमा हातले छुदा माटो निस्किने पाँच बर्ष सम्म स्थानीयले सास्ती खेप्दा सम्म सरकार र स्थानीय सरकारले कुनै पनि पहल नथालेकोले अहिले आफुहरु तुलसीपुर उपमहानगरपालिकामा आएको बताउनु भयो।