रुकुम पुर्बमा ‘आत्महत्या रोकथाम तथा नियन्त्रण’ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न 

century-mk

रुकुम (पूर्व)। पछिल्लो दिनमा आत्महत्या गर्ने क्रम बढेसंगै रुकुम पुर्ब मा यसको रोकथाम गर्न भन्दै सचेततामुलक कार्यक्रम गरिएको छ।

आज बिहिवार समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत  जि.प्र.का.रुकुम (पूर्व) मातहत ई.प्र.का. काक्री रुकुम (पूर्व) ले पुथा उत्तरगंगा गा.पा वडा नं. २ खावाङ बजार स्थित स्थानियहरुको सहभागितामा “आत्महत्या रोकथाम तथा नियन्त्रण”सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

कार्यक्रम मा आत्महत्या हुनुको प्रमुख कारण आर्थिक र घरायसी बिमेल नै मुख्य कुरा भएकोले यसप्रति सबै बेलैमा सजक हुनुपर्ने सहभागी भनाइ रहेको थियो। सचेतता मुलक कार्यक्रम जिल्लाका अन्य स्थानीय तहमा समेत हुने जिल्ला प्रहरी कार्यालय रुकुम पुर्बले जनाएको छ ।