दाङ । दाङको राप्ती गाउँपालिकाले बिहान १० बजे भित्र कार्यालय आएर कार्यालयको काम गर्ने कर्मचारीलाई स्वागत गर्न सुरु गरेको छ ।
राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले बिहीबार आज बिहान १० बजे भन्दा पहिले नै कार्यालय भित्र प्रवेश गर्नुभएका कर्मचारीहरुलाई पुष्प गुच्छाले स्वागत गर्नुभएको थियो। आफुहरुको यो अभियानबाट कामगर्ने कर्मचारीलाई प्रोत्साहन मिल्ने र नागरिकको सेवा प्रवाहमा थप सुधार आउने भएकोले यस्को सुरुवात गरिएको गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले बताउनु भयो ।
राप्ती गाउँपालिकामा हाल करिब ६० जना कर्मचारीहरु कार्यरत रहेको र लुम्बिनी प्रदेशको स्थायी राजधानीको मुकाम समेत राप्ती गाउँपालिका भित्र रहेकोले कर्मचारीको प्रोत्साहन र सेवाग्राहीको मागलाई ध्यान दिएर यस कार्यको थालनी गरिएको गाउँपालिकाले जनाएको छ। तस्बिर : गाउँपालिकाको फेसबुकबाट