Logo
१९ मंसिर २०८१, बुधबार

काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) को निर्वाचनमा नयाँ मोड

century-mk

काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) को निर्वाचनले नयाँ मोड लिएको छ ।

यस अघि गत पुष ३० गतेका लागि निर्वाचन कार्यक्रम तय भएको थियो । पुष २८ गते बसेको सञ्चालक समितिको बैठकले यहि माघ २१ गतेलाई निर्वाचन सारेको थियो ।। यसै बीच निर्बाचन  तालिकामा  समेत केहि हेरफेर गरिएको बुझिएको छ । (१७ गते) बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ता समय तोकिएको भए पनि पुनः समय थप गरिएको छ ।

सञ्चालक समितिको बैठकले १ दिन उम्मेदवारी फिर्ता समय थप गर्ने निर्णय गरी समय थप गरिएको हो । सञ्चालक समितिको लिखित पत्राचारपछि निर्वाचन समितिले उम्मेदवारी फिर्ता समय भोली (१८ गते) बेलुका ४ बजेसम्मको लागि तोकिएको छ ।

तर, कास्कूनमा राजनीति दल हाबी हुँदा समयै निर्वाचन हुन सकेन । यस अघिको निर्वाचनमा पनि चरम राजनीतिक भएको थियो ।

यसै बीच मनोनयन गरेका सम्पूर्ण उम्मेदवारको उम्मेदवारी फिर्ता गराई नयाँ प्रक्रियामा जाने गरी सर्व सहमती भएको बुझिएको छ  र सो को लागि पुनः निर्वाचन प्रक्रियामा जानको लागि प्नेरमुख राजनैतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र र राप्रापा निकट सहकारीकर्मीहरु  सहमत भएका छन् ।

आफ्नो  पार्टीको तर्फबाट परेको उम्मेदवारी फिर्ता लिने र पार्टीको  भागबण्डाको आधारमा पुनः उम्मेदवारी दर्ता गराउने रणनीति अपनाएको स्रोतको दाबी छ ।

पार्टीभन्दा बाहिरबाट परेको स्वतन्त्र उम्मेदवारीलाई आफ्नो उम्मेद्वारी  फिर्ता गराउन लगाउने रणनीतिमा सहकारीका नेताहरु लागि परेका छन् । स्वतन्त्र रुपमा ८ जनाको उम्मेदवारी परेको छ । जसरी भएपनि उनीहरुको उम्मेदवारी फिर्ता गराउन सहकारी तथा पार्टीका ठुलै नेताहरु लागि परेका छन् । भोली बेलुकासम्म सम्पूर्ण उम्मेदवारी फिर्ता गराई नयाँ प्रक्रियामा जाने स्रोतको भनाई छ । चरम राजनीति को शिकार भएकोले कास्कुन ले स्वतन्त्र सहकारी कर्मी  संचालक  नपाउने गरि खेल भैरहेको अधिकांश  स्वतन्त्र उम्मेदवार को आरोप छ  ।

कास्कुन निकट श्रोतका अनुसार   प्रमुख राजनीतिक  दल निटकका सहकारीकर्मी बीच पदिय बाँडफाँड समेत टुंगो लगाई सकेको छ । नेकपा एमालेले अध्यक्ष, महिला उपाध्यक्ष, सचिव, १ जना सञ्चालक र १ लेखा समिति सदस्य पाउने गरी सहमती भएको छ । त्यस्तै नेपाली कांग्रेसले लेखा संयोजक सहित  महासचिव, कोषाध्यक्ष,  र २ जना सञ्चालक पाउने भएको छ ।

त्यस्तै ने क पा  माओवादीले ३ जना सञ्चालक र १ जना लेखा सदस्य पाउने सहमती भएको छ भने एकीकृत समाजवादीले वरिष्ठ उपाध्यक्ष र २ जना सञ्चालक पाउने भएको छ । त्यस्तै राप्रपालाई एक जना सञ्चालक दिने गरी सहमती भएको बुझिएको छ ।

यसै बीच निर्बाचन जस्तो संबेदनशील बिषयको सुचना तथा जानकारी संघका ब्यबस्थापक ले जारि गर्नुमा संघ भित्र को शुसासन तथा जिम्मेवारी बोध कति सम्म रहेछ भन्ने कुरा प्रस्ट भएको सहकारी कर्मी हरुको गुनासो रहेको छ । संघका ब्यस्थापक अरुण तिवारी द्वारा हस्ताक्षर गरिएको  निर्बाचन कार्यक्रम को सुचंना आज मात्र प्रकाशित भएको थियो ।