Logo
७ मंसिर २०८१, शुक्रबार

दाङको शान्तिनगर गाउँपालिकाको स्थायी केन्द्रबारे बिवाद ६ बर्ष बित्दा समेत लागेन टुंगो

century-mk

दाङ ।शान्तिनगर गाउँपालिका को मुख्य प्रशासनिक केन्द्रको स्थायी भवन कुन ठाउँमा तोक्ने भन्ने बारेमा सर्बपक्षिय बैठकले टुंगो लगाउन नसक्दा पालिकाको स्थायी केन्द्रबारे अझै निर्णय हुन सकेको छैन ।

अस्थायी संरचनामा बसेको ६ बर्ष बित्दा समेत स्थायी मुकाम तोक्न नसकेको शान्तिनगर गाउँपालिकामा हिजो शुक्रबार पालिकाको स्थायी केन्द्र कुन ठाउँमा तोक्ने भन्ने विषयमा पालिकाले डाकेको सर्बपक्षिय बैठकमा समेत विवाद हुँदा बैठक बिना निस्कर्ष टुंगिएको गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले अनलाइन सन्देशलाई जानकारी दिनुभयो।

‘सर्बपक्षिय बैठकमा पालिकाको मुख्य केन्द्र कुन ठाउँमा राख्नु पर्छ भनेर कतैको ठाउँ तोकेको भए हामीलाई निर्णय गर्न र स्थान छनौट गर्न सहज हुन्थ्यो, तर उक्त छ्लफलमा कुनै पनि पार्टी तथा अन्य बुद्धिजीवीले त्यसबारे स्पष्ट केहि नभएकोलेले हामीले हिजोको बैठकबाट कुनै निर्णय दिनसकेको अवस्था छ। ।’ पालिका अध्यक्ष प्रमोद बस्नेतले भन्नुभयो ।

सहभागीले बैठकमा आ-आफ्नो भनाइ राख्नेक्रममा सबैको पाएक पर्ने स्थान छनौट गर्नुपर्नेमा आफुले भनेको स्थानमा नभए मुद्दा हाल्ने तर्क गरेको कारण आफुहरु रनभुल्ल भएको पालिकाको न्याय पालिका प्रमुख तथा उक्त कार्यक्रमको संयोजक प्रेमा बुढाथोकिले बताउनु भयो।

यसैगरी कार्यक्रममा उपस्थित कार्यपालिका सदस्यहरुले यसअघिको कार्यकालका जनप्रतिनिधिले समेत केन्द्रको बिबाद टुंगो नलगाएको हुँदा आफुहरुको कार्यकालमा जसरी भएपनि यसबारे टुंगो लगाउनुपर्नेमा जोड दिनुभएको थियो।उक्त कार्यक्रममा बिभिन्न पार्टीका प्रतिनिधि, पुर्ब कार्यपालिका सदस्य, हालका कार्यपालिका सदस्य, पुर्ब गाबिस अध्यक्ष,बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।