यातायात स्वतन्त्र मजदुर संगठन दाङको अध्यक्षमा दीपक कुमार बुढाथोकी सर्बसम्मत

century-mk

दाङ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्ला कमिटीको तेस्रो अधिवेशनले अध्यक्षमा दीपक कुमार बुढाथोकी लगायत सम्पूर्ण कमिटी सर्बसम्मत चयन गरेको छ।

आज शनिबार तुलसीपुर मा सम्पन्न संगठनको तेस्रो जिल्ला अधिबेशनबाट जिल्ला कमिटीको अध्यक्षमा दिपक कुमार बुढाथोकी लगायत सिंगो कमिटी नै सर्बसम्मत चयन भएको मजदुर संगठका केन्द्रीय नेता खकेन्द्र वलीले बताउनु भयो।

जसअनुसार संगठनको उपाध्यक्षमा कामी राम्जा (केशव ),सचिवमा खिम बहादुर डाँगी,सहसचिवमा प्रकाश भण्डारी र कोषाध्यक्षमा दिपक कुमार खड्का चयन हुनुभएको छ।भने सदस्यमा सुरेश नेपाली,उद्वब श्रेष्ठ,सालिक राम बिटालु,हुकुम शर्मा,घनश्याम शर्मा,कमल चन्द र लोकेन्द्र चन्द सर्बसम्मत चयन हुनुभएको छ।


कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले मजदुरको हक हितका लागि राज्यसँगको लडाइ निरन्तर जारी रहेको बताउनु भएको छ । दाङ जिल्ला कमिटीका तेस्रो अधिवेशनको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष राइले राज्यलाई कर तिर्न तयार हुने आफुहरुलाई फेरि पनि राज्यले नै उपेक्षा गरेको हुँदा आफुहरु निरन्तर मजदुरको उचित मागहरूका बारेमा छलफलमा रहेको बताउनुभयो ।

‘राज्यले भवितव्य घटनामा पनि दोषी सरहको व्यवहार हामीलाई स्विकार्य छैन। सामान्य गल्तिमा समेत अपराध गरे सरहको व्यवहार गर्ने गरिएकोमा हामी दुख व्यक्त गर्छौं।’ प्रमुख अतिथि भीम ज्वाला राईले भन्नुभयो ।

यस्तै उद्घाटन सत्रमा बोल्दै विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले मजदुरलाई सामाजिक सुरक्षा कोषमा जोड्नु पर्ने बताउनु भएको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले यातायात मजदुरको सवालमा राज्य अहिलेसम्म गम्भीर नभएको भन्दै अब पेन्सनको व्यवस्थापनका लागि मजदुर कोषमा लगानी गर्न आफूहरू समेत तयार रहेको बताउनुभयो ।

संगठनको उपाध्यक्ष केशव राम्जाको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन सत्रमा शान्ति समाजका निवर्तमान उपसभापति सुशील बस्नेत, तुलसीपुर उपमहानगरपालिका -१८ का वडा अध्यक्ष तथा नगर प्रबक्ता माधव वली, ईप्रका तुलसीपुरका डिएसपि पुष्पराज मल्ल, राप्ती ट्रक व्यवसायी समितिका बरिष्ठ उपाध्यक्ष प्रेमनाथ याेगी, नमस्ते यातायात प्रालिका अध्यक्ष वामदेव खनाल लगायतले अधिबेशन सफलताको कामना गर्नुभएको थियो।

उक्त कार्यक्रममा लामाे समय देखि चालकका रुपमा कार्यरत उत्कृष्ट चालक,पत्रकार लगायतलाई सम्मान गरिएकाे थियाे भने कार्यक्रमकाे संचालन सचिव यज्ञबहादुर बुढाथाेकीले गर्नुभएको थियो ।