Logo
९ मंसिर २०८१, आईतवार

पोखरा विमान दुर्घटना स्थलबाट हालसम्म २६ जनाको शव निकालियो,उद्वार कार्य जारी

century-mk

काठमाडौं।आइतबार बिहान(आज)यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ।पोखरा महानगरपालिका-१५सिताराम पुल नजिक सेती खोचमा उक्त भएको जनाइएको हो।

कास्कीका एसपी अजय केसीका अनुसार पोखरा विमानस्थलमा अवतरण हुने बेलामा विमान दुर्घटना भएको हो।क्याप्टेन कमल केसीले उडान भरेको यति एयरलान्सको जहाज काठमाडौं बाट पोखरा ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको बिमानस्थल स्रोतले जानकारी दिएको छ । दुर्घटना ग्रस्त बिमानमा ६८ यात्रु र चार जना चालक दलका सदस्य रहेको बिमानस्थ स्रोतले जनाएको छ ।

यसैगरी कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीका अनुसार बिमान दुर्घटना स्थल सेती नदिको खोजबाट हाल सम्म २६ जनाको शव संकलन गरेको बताउनु भयो । कास्की का प्रजिअ केसीका अनुसार सम्पुर्ण शवलाई अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ।

निरन्तर उद्वार कार्यलाई जारी राखेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । यसैगरी विमानस्थल स्रोतले उपलब्ध गराएको यात्रुहरुको यस्तो छ यात्रु विवरण :